२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

रंगभूमि ठेक्कामा अध्यक्षसहित १० जना भ्रष्टाचारी ठहर

विशेष अदालतले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यसमितिका अध्यक्षसहित १० जनालाई भ्रष्टाचार गरी रकम हिनामिना गरेको ठहर गरेको छ। अदालतले जनकपुरको रंगभूमि मैदानलगायतको संरक्षणका लागि ठेक्का दिँदा अनियमितता भएको सोमबार ठहर गरेको हो।

 विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले कसुर ठहर गरेको छ। अदालतले कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश गरेको छ। विशेष अदालतले मुद्दामा भ्रष्टाचार भएको ठहर गर्दै के कति सजाय गर्ने भन्ने विषयमा पछि निर्णय दिने भएको हो।  

अख्तियारले परिषद्लाई हानी नोक्सानी भएको भन्दै ७६ लाख २८ हजार रूपैयाँ हिनामिना गरेको भन्दै बृहत्तर क्षेत्र विकास परिषदका देहायका पदाधिकारी, कर्मचारी र ठेकेदार कम्पनीका अधिकारप्राप्त प्रतिनिधिसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले २०७५ कात्तिक १५ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह, नायव सुब्बा उषा मिश्र, लेखापाल उत्तमराज शर्मा ढकाल, सव इन्जिनियर परशुराम साह, कार्यकारी निर्देशक राजेशकुमार साह, गोपाल झा, प्रोजेक्ट इन्जिनियर उपेन्द्र झा, ठेकेदार विष्णुबहादुर राउत, प्रदीप नाराायण साहविरुद्ध मुद्दा दर्ता गरेको थियो।  

बोलपत्र परिषदबाट गठित मूल्यांकन समितिले लागत अनुमान अंकभन्दा ३० प्रतिशत बढी घटेको कारण देखाई बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् नियमावलीविपरित काम गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो। कार्यसमितिले ठेक्का दिँदा बदनियत लापवाहीपूर्वक मूल्यांकन गरी सिफारिस भएको अख्तियारको ठहर थियो।

प्रकाशित: २१ चैत्र २०७९ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App