१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सातौं चीन महोत्सव काठमाडौंमा सुरु

तस्बिर : विजय गजमेर

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासको आयोजनामा सातौँ चीन महोत्सव तथा दोस्रो काठमाडौँ सांस्कृतिक फोरम आजबाट यहाँ सुरु भयो। 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा नेपालको भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओले महोत्सवको उद्घाटन गरे। 

कार्यक्रममा पर्यटन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले चीन र नेपालको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भूकम्पपछिको अवस्थामा नेपालका पुरातत्व प्राप्त सहयोगप्रति आभार व्यक्त गरे।  

तीनदिनसम्म चल्ने महोत्सवमा दक्षिण एसियाली मुलुकका प्रतिनिधिसमेत सहभागी छन् । महोत्सवमा आपसी सांस्कृतिक र सहकार्यबारे छलफलसमेत हुनेछ। रासस 

प्रकाशित: ४ पुस २०७३ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App