९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रभु बैंकको वित्तीय साक्षरता

प्रभु बैंकले गण्डकीका विभिन्न गाउँमा संचालन गरेको वित्तीय साक्षरता कार्यक्रम। तस्बिरः नागरिक

विश्व वित्तीय सप्ताह अन्तर्गत प्रभु बैंकले गण्डकी प्रदेशका विभिन्न ठाउँमा वित्तीय साक्षरता अभियान चलाएको छ। प्रदेशका विभिन्न शाखा कार्यालयले ती ठाउँमा वित्तीय साक्षरता चलाएका हुन्।  

मुस्ताङको लोमान्थाङ, म्याग्दीको सिबाङ, गोरखाको तुम्सिकागाउँ, मनाङको तिमाङ सहित गण्डकी प्रदेश भित्रका एकसय बढी गाउँका बासिन्दालाई लक्षित गरि वित्तीय साक्षरता संचालन गरेको बैंकले बताएको छ। वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बिमा, विप्रेषण विषयबारे नागरिकलाई जानकारी गराइएको थियो।  

विश्व वित्तिय सप्ताह अन्तरगत किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाईने अभियान हो। यो सप्ताह विश्वव्यापि रुपमा हरेक वर्ष मनाईन्छ। नेपालमा राष्ट्र बैंकको संयोजनमा सप्ताह मनाउने गरिन्छ। यो वर्ष चैत ६ देखि १२ गतेसम्म सप्ताह मनाइएको थियो।  

प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञानसीप बढाउन, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउन, उपयुक्त वित्तीय सेवा छनोट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गर्न र भविष्यमा आउन सक्ने जोखिमको तयारी र योजनाबारे ज्ञानसीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरेको बताए।  

वित्तीय साक्षरताले नागरिकमा पैसा वा सम्पत्तिको उचित परिचालनबारे ज्ञान बढाउने, जीवनकालमा गर्नुपर्ने खर्चको योजना गर्न, वित्तीय सेवा सम्बन्धी आवश्यक सूचना प्राप्त गर्न सहयोग पुग्ने बैंककी प्रमुख व्यावसायिक केन्द्र अधिकृत शान्ती शेरचनले बताईन।  

प्रकाशित: १३ चैत्र २०७९ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App