१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बैकका कर्मचारी कुटपिट गर्नेलाई कारबाहीको माग

एनआइसी एसिया बैंकको बेनी शाखाका कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बैंकर्स संघ म्याग्दीले ज्ञापनपत्र बुझाएको छ।

वारीबेनीमा रहेको सोनिसा किराना पसलकी सञ्चालक सुधा मल्ल र उनका श्रीमान कृष्ण बहादुर मल्ललाई कर्जा र ब्याज बुझाउन अनुरोध गर्न गएका एनआइसी बैंक बेनी शाखाका प्रमुख बिनोद सापकोटा र कर्जा प्रमुख प्रकाश आलेलाई आक्रमण भएको थियो।

बिहिबार दिउँसो भएको कुटपिटबाट टाउकोमा चोट लागेर घाइते भएका आलेको पोखरामा उपचार भइरहेको छ। कुटपिटमा संलग्न वारीबेनीका ४० वर्षीय कृष्णबहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बैंकर्स संघ म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा गएका शाखा प्रबन्धकहरुको टोलीले प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई ज्ञापनपत्र बुझाएका हुन्।

'समयमा कर्जा नटिरी अटेर गरेर बसेकाले बैंकबाट लगानी गरिएको व्यवसायको स्थलगत कर्जा सुदपयोगिता निरीक्षण एवम् कर्जा असुलीका लागि पसलमा जँदा नियोजित रुपमा पसलको सटर बन्द गरेर ज्यानै मार्ने मनसाय राखी आक्रमण भएको छ,' ज्ञापनपत्रमा भनिएको छ 'कुनै पनि निहुँमा निजी स्वार्थ पुर्तिका निम्ती जवरजस्ती कानुन नै हातमा लिई गरिने यस्ता अराजक निन्दनीय घटनालाई समयमानै नियन्त्रण गर्नतर्फ सरोकारवालाको ध्यान जाने अपेक्षा गरेका छौ।' प्रजिअ पौडेलले घटनामा संलग्नको पहिचान र प्रहरीको नियन्त्रणमा रहेकाले कानुन अनुसार कारबाही हुने बताए।

यस्ता घटना दोहोरीन नदिन प्रहरी प्रशासन सचेत रहेको र सम्भावित समस्याका विषयमा पुर्वजानकारी गराउन आग्रह गरेका थिए। यसैबीच कर्जा असुलीको लागि जाँदा भएको आक्रमण निन्दनीय भन्दै को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दिन दिनदाहाडै बजार नजिकै भएको घटनाको घोर भत्सना गर्दै सो घटनाको स्वच्छ छानबिन गरी यथाशिग्र दोषीलाई कडाभन्दा कडा कारबाहीको लागी को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दी जोडदार माग  गरेका अध्यक्ष सदन कँडेल र सचिव नेत्रराज सुबेदीद्धारा जारी विज्ञप्तीमा भनिएको छ।  

प्रकाशित: ३ चैत्र २०७९ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App