१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा सहयोग हस्तान्तरण

महालक्ष्मी विकास बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको छ। बैंकको पिपल्ला शाखाद्वारा दिपायल सिलगढी नगरपालिका ३ मा अवस्थित दिल्पेश्वर माध्यमिक विद्यालयलाई दुई थान स्टिल पानी ट्याङकी हस्तान्तरण गरेको छ।

 विद्यार्थीहरूलाई शुद्घ पिउने पानीको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले बैकले उक्त सहयोग गरेको जनाएको छ। यस्तै बैंकको मैतिदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका ३० मा अवस्थित मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण गरेको छ।

बैंकले मन्दिर वरपरको बाटो अस्तव्यस्त हुने गरी सवारी साधन पार्किङ गर्ने समस्या समाधान एवम् व्यवस्थापनका लागि सडक डिभाइडर प्रदान गरेको जनाएको छ। साथै बैंकको पुतलीसडक शाखाद्वारा काठमाडौं महानगरपालिका वडा २८ मा अवस्थित झिगु इच्छुमती पार्कका लागि छ थान कुर्सी हस्तान्तरण गरेको छ। इच्छुमती खोला किनारस्थित पार्कमा दैनिक आवतजावत गर्ने बटुवाहरूलाई विश्राम गर्न सहजता मिलोस् भन्ने उद्देश्यले बैंकले झिगु इच्छुमतीखललाई सहयोग प्रदान गरेको जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७९ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App