१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

ताम्राकारको मोटरसाइकल लमजुङका प्रबिनलाई

काठमाडौं– राजधानीको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सले दशै र तिहारको अवसरमा आयोजना गरेको ‘दशैं तिहारको बहार ताम्राकारमा उपहार नै उपहार’ योजनाको बम्पर पुरस्कार लमजुङका प्रबिन सिलवालले हात पारेका छन्।

मंगलबार ताम्राकार कम्प्लेक्समा आयोजित कार्यक्रमबीच लक्की ड्रमार्फत विजेता भएका सिलवाललाई मोटरसाइकल हस्तान्तरण गरिएको हो। असोज १३ गतेदेखि कात्तिक ६ गतेसम्म ताम्राकार मोबाइल बजारमा मोबाइल खरिद गर्ने ग्राहकहरुलाई यो अफरमा समावेश गरिएको थियो।

मोटरसाइकल बिजेता सिलवालले ताम्राकार कम्प्लेक्सको पसल नं ४१ बाट डिटिसी मोबाइल खरिद गरेका थिए। एक महिनाको सो अवधिभर ताम्राकार मोबाइल बजारबाट ४५ हजार सेट मोबाइल बिक्री भएको ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले बताए।  

मोटरसाइकल पाउने सिलवालले उपहार प्राप्त गरेकोमा आश्चर्य प्रकट गरे। प्राप्त उपहारले ताम्राकार मोबाइल बजार प्रतिको बिश्वास बढेको पनि उनले बताए। ३ हजार रुपैंयाँ मूल्यको मोबाइल खरिद गरेका उनले २०० सिसिको पल्सर एनएस मोटरसाइकल प्राप्त गरेका हुन्।

सो अवधिमा बजारमा मोबाइल खरिद गर्ने उपभोक्ताहरुलाई लक्की ड्र मार्फत १० वटा सामसङ टिभी, विभिन्न कम्पनीका ३० वटा मोबाइल र १ सयवटा पावर बैंक बितरण गरिएको ताम्राकार मोबाइल ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले बताए।  

प्रकाशित: ३० कार्तिक २०७३ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App