९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

राजश्व संकलन सन्तोषजनक: महानिर्देशक शर्मा

काठमाडौं–आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक भएको बताएका छन्। सोमबार रिपोर्टर्स क्लबले पाँचौ राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको सााक्षात्कारमा महानिर्देशक शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक रहेको भन्दै करदाताको संख्या वृद्धि भइरहेको बताएका हुन्।
 उनले कर कार्यालय अहिले ३० जिल्लामा फैलिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई ७५ वटै जिल्लामा पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए।

महानिर्देशक शर्माले आर्थिक उदारिकरणसँगै करको दायरा पनि फराकिलो भएको भन्दै आगामी दिनमा यसलाई अझै विस्तार गरेर लैजान विभाग गम्भिर रहेको बताए।
उनले सबै कुराको भर नै कर भएको भन्दै मुुलुकको समृद्धिको लागि पनि कर तिर्नुपर्ने धारणा राखे। उनले थपे, ‘आर्थिक वर्ष ०७३÷७४मा ५ सय ६५ अर्ब राजश्वको लक्ष्य लिइएको छ, यो लक्ष्य पूरा गर्नकालागि हामी काम गरिरहेका छौं।’ उनले आन्तरिक राजश्वतर्फ २ सय ३४ अर्बको लक्ष्य भएपनि आफूहरुले यो भन्दा बढि नै हाँसिल गर्नेगरी काम गरिरहेको बताउँदै भने, ‘हामी यो लक्ष्यभन्दा बढी नै हाँसिल गर्नेगरि काम गरिरहेका छौं।’

पछिल्लो समय नेपालमा नवनिर्माण र पुननिर्माणका कृयाकलापहरु बढ्दो अवस्थामा भएकोले राजश्व संकलनमा पनि यसले टेवा पुर्याउने उनको भनाइ थियो। उनले गत वर्षपनि ४ सय ७५ अर्बको लक्ष्यमा आफूहरुले ४८३ अर्ब संकलन गरेको जनाए।

शर्माले भोलिदेखि मनाउने पाँचौ राष्ट्रिय कर दिवस ‘गौरवको साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर’ मूल नाराका साथ देशैभरी मनाउन गैरहेको जानकारी दिए। उनका अनुसार करसम्बन्धी जानकारी दिन मोर्वाल एप्स, आइसिटी तथा अन्य प्रर्वद्धनात्मक कृयाकलापहरु बढाउने लगायतका कार्यक्रमहरुको समेत उद्धघाटन् गरिने जनाए । नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेश कुमार अग्रवालले संसारभर नै करको महत्व अत्यन्तै प्रभावकारी रहेको भन्दै नेपालपनि यसको महत्व रहेको बताए ।

उनले करलाई प्रगतिशील बनाउन सबै क्षेत्रको उतिकै ठूलो योगदान रहेको भन्दै अझै देशैभरि करमैत्री वातावरण बनाउनुपर्ने धारणा राखे । उनले भने,‘अब करको दायरा बढाउनुपर्छ, कर तिर्ने भनेको उद्योगी तथा व्यापारीहरुले मात्रै तिर्ने हो भन्ने मानसिकता छ, अब यसलाई परितर्वन गर्नुपर्छ ।’ उनले जरिवानालाई परिमार्जन गर्दै शुल्क लिने व्यवस्था गर्न समेत माग गरे।

कर विश्लेषक डा. रुप खड्काले उनले कर तिर्ने कुरा महत्वपूर्ण भएको भन्दै करदाताहरुको सहभागिता बढाउनुपर्ने बताए । खड्काले भने,‘संसारभरि नै यो चलन चलेको छ, करको आवश्यकत्ता छ ।’ उनले कर प्रणालीलाई सरल र सहजीकरण बनाउनुपर्नेमा जोड दिए। उनले आधुनिक कर प्रणाली सेल्फ असेसको रुपमा अघि बढिरहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नेपालमा कर प्रणाली अन्तर्गत ट्याक्स नेटलाई वृद्धि गर्नुपर्नेमा जोड दिए । अग्रवालले भने,‘समग्रमा नेपालको कर प्रणाली अहिले सुधार भएको छ, तर ट्याक्स नेट अझ तिव्र बनाउनुपर्छ ।’

 

प्रकाशित: ३० कार्तिक २०७३ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App