१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बिवाइडी र कुमारी बैंकको साझेदारीमा सजिलो वित्तीय विकल्प

बिवाइडी अटो कम्पनीले विद्युतीय सवारी साधनहरूका लागि सजिलो वित्तीय विकल्पहरू उपलब्ध गराउन कुमारी बैंकसँग साझेदारी गरेको छ। साझेदारी पश्चात् कुमारी बैंकले बिवाइडीको विद्युतीय सवारी साधन खरिद गर्दा ८ वर्षसम्म ८० प्रतिशत बैंक वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।

सहकार्यले बैंकका सबै शाखाहरूमा इको–फ्रेन्डली बिवाइडी सवारी साधनहरू खरिद गर्न विशेष प्रतिस्पर्धी ब्याज दरसहित वित्तीय विकल्पहरू उपलब्ध गराउने उत्कृष्ट अवसर प्रदान गर्ने भएको विश्वास कम्पनीको छ। यससँगै ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट (१२.९८ लाख रूपैयाँ) मा भर्खरै सार्वजनिक गरिएको बिवाइडी अटो-थ्री पाउने भएका छन्।

ग्राहकलाई उच्च गुणस्तर, पर्यावरण-मैत्री साधन उपलब्ध गराउन सधैं प्रतिबद्ध भएको उल्लेख गर्दै कम्पनीले बैंकसँग साझेदारी गरेको दाबी गरेको छ।  

प्रकाशित: १९ फाल्गुन २०७९ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App