८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

एचटिसी मोबाइल बजारमा

काठमाडौं– भिमसरिया गु्रप अन्तर्गतको जेनरेसन नेक्स्टले नेपालमा एचटिसि मोबाइल ल्याएको छ। महाप्रबन्धक पवन भिमसरियाले सुरु गरेको भिमसरिया गु्रप विश्वका विभिन्न देशहरुमा फैलिएको छ।

जेनरेसन नेक्स्टले आइतबार पाँच मोडलका एचटिसी मोवाइल नेपालमा सार्वजनिक गरेको हो । पाँच मध्ये तीन मोडल पाँच इन्चका र दुई साढे पाँच इन्च स्क्रिन साइजका रहेका छन् ।

पाँच इन्चमा डिजायर ६२६ एलटिइ सबै भन्दा सस्तो २२ हजार नौ सय ३५ रुपैयाँ पर्दछ भने डिजायर ६३० को मूल्य २४ हजार पाँच सय १९ र डिजायर ६२८ लाई २५ हजार पाँच सय ८६ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । साढे पाँच इन्चो स्क्रिन साइजमा डिजायर ८३० लाई ३४ हजार ४५ रुपैयाँ र डिजायर ७२८ लाई २३ हजार आठ सय १५ रुपैयाँ पर्ने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले अर्को महिना सस्तोमा १० हजार देखि महङ्गोमा ५० हजार रुपैयाँ सम्म पर्ने नयाँ फोन समेत ल्याउने अध्यक्ष भिमसिरियाले जानकारी दिए।

प्रकाशित: १९ आश्विन २०७३ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App