१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र जर्मन होम्स हस्पिटालिटी बीच सम्झौता

सिटिजन्स बैंक र जर्मन होम्स हस्पिटालिटी बीच सम्झौता भएको छ। बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा उक्त सम्झौता भएको हो। 

सम्झौता अनुसार बैंकका कार्डबाहकले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १५ माघ २०७९ ०१:४० आइतबार

सिटिजन्स बैंक