९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

जुत्ता सिएरै आत्मनिर्भर

जुम्लाको कठ्यांग्रिदो चिसो होस्, हिमपात, घाम वा झरी नै किन नपरोस् २५ वर्षीया दीपबहादुर सार्की सडक पेटीमा सधैं व्यस्त भेटिन्छन्। पुराना र फाटेका चुत्ता/चप्पल सिलाउन औंला चलाइरहन्छन्। प्रायः ग्राहकबाट घेरिएका हुन्छन्। जुम्लाको चन्दननाथ नगरपालिका ८ तलिउम घर भएका उनको परिवार कामकै सिलसिलामा जुम्ला बजारमा बस्दै आएको छ।

जुम्लाको जिल्ला प्रहरी कार्यालय अगाडिको सडकपेटीमा टहराको छहारीमा उनको दिन बित्छ। उनले आफैंले काठको टहरा बनाएका छन्। उनले बुबासँगै सिउने काम सिके। हेर्दाहेर्दै सिकियो, अहिले फाइदै भएको छ। उनले भने, दुःखमा जीवन धान्ने सीप नै रहेछ। उनी कहाँ ग्राहकको बढी भीड लाग्छ। जुत्ता-चप्पल सिलाएको २० देखि एक सय रूपैयाँसम्म लिने गर्छन्। उनले यो सीप रोजेको ७ वर्ष पूरा भएको छ।

उनले सिलाउने पालिस लगाउने, सोल हाल्ने काम गरिरहेका हुन्छन्। यही सीपले पेट पालेका छौं, उनले भने, कोही नहुनेको भगवान् हुन्छन् भन्थे, हो रहेछ। सदरमुकाममा डेरा गरी बसिरहेका दीपबहादुरको साथ श्रीमती र एउटा छोरा छन्। बुढा बुबा आमा र एउटा भाइ सबैको घर खर्च र लुगाफाटो दिपबहादुरले गर्ने गरेको बताए।

कुनै तालिम नलिएका दीपबहादुरसँग पेसाका लागि पुग्ने सीप छ। त्यही सीप भाइ र एउटा छोराको भविष्य निर्माणमा खर्चिन सडक पेटीमै बसेर काम गर्छन्। दीपबहादुर सार्की जस्तै धेरै युवा आफ्नै सीपबाट स्वरोजगार भएका छन्। बजारमा परिवारसहित एउटा कोठामा बसेर तिनले गुजारा गरेका छन्। जुत्ता बनाउन जानेको भए अझै बढी पैसा कमाउँथेँजस्तो लाग्छ। उनले भने हामी जस्ता सीप भएकालाई पनि तालिमको व्यवस्था भए राम्रो हुन्थ्यो।

जुत्ता-चप्पल सिलाउने मात्र होइन, जुत्ता-चप्पलको बनोट हेरेर कमजोर र बलियो थाहा पाउने खुबी पनि आफूसँग भएको दाबी गर्छन्। यही सीपले पेट पालेका छौं। उनले भने, यो पेशा अहिले आम्दानीका एउटा भरपर्दा माध्यम बनेको छ। उनले यो पेशाबाट दैनिक कम्तीमा ५ सय कमाउने गरेको बताए।

प्रचण्ड गर्मी होस्, वर्षा वा हिउँद हामीलाई केही फरक पर्दैन। उनले भने आफ्नो काममा व्यस्त हुन्छौं। हातमा सीप र मनमा जोस–जाँगर भए, यसै व्यवसायबाट मनग्य कमाउन सकिने र पैसा कमाउन विदेश जानुनपर्ने उनको भनाइ छ। गर्न सक्नेलाई यहीं पैसा छ।

हातमा सीप र मनमा जोस-जाँगर भए यसै व्यवसायबाट राम्रो कमाउन सकिन्छ। उनले भने यो व्यवसायका लागि ब्रस, क्रिम, पोलिस, धागो, जुत्ता भित्रको सुल, काँटी, तुना, सुलेसन जस्ता सामग्रीको आवश्यकता पर्दछ।

प्रकाशित: १ माघ २०७९ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App