९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआईसी बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न

एनआईसी एसिया बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ।

यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको छ भने २०७९/०७/०२ मा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा बसौटी-६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर-३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ।  

प्रकाशित: १ माघ २०७९ ०२:५४ आइतबार

एनआईसी एसिया बैंक २५ औं वार्षिक साधारणसभा