२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनकोसी मरिण डाइभर्सन: १६ सय मिटर सुरुङ निर्माण

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माणधिन सुरुङ। तस्बिरः अनिल भण्डारी, नागरिक

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण तिब्र गतिमा हुन थालेको छ। करिब दुई महिनामा १६ सय मिटर सुरुङ निर्माण भइसकेको छ। गत असोज २८ गतेबाट टनेल बोरिङ मेसीनबाट सुरुङ निर्माण गर्न  थालिएको हो।  

नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तिब्र गतिमा भइरहेको सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना कार्यालय सिन्धुलीले जनाएको छ। सुनकोसी गाँउपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्ने कानढुङग्रीबाट सुनकोसीको पानी मरिणमा खसाल्न सुरुङ निर्माण थालिएको हो। कमलामाई नगरपालिका २ को कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माण गरि सुनकोसीमा पु¥याइने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए। उनका अनुसार हालसम्म १६ सय मिटर सुरुङ निर्माण भइसकेको छ। भौगर्भिक समस्या नरहेकाले सुरुङ निर्माणले गति लिएको आयोजनाले जनाएको छ। निर्माणको जिम्मा पाएको चाइना ओभरसिज इन्जिनियरीङ कम्पनी(कोभेक)ले एक महिनामा टिविए मेसीनमार्फत पाँच सय मिटर सुरुङ निर्माण गर्न सकिने गरि लक्ष्य राखेको भएपनि हाल लक्ष्यभन्दा बढी सुरुङ निर्माणको काम भएको आयोजनाले जनाएको छ। सुरुङ निर्माणका लागि मात्रै कोभेकले ११ अर्ब रुपैयामा ठेक्का पाएको छ। हाल भौगोलिक समस्या आएको छैन, त्यसैले लक्ष्य भन्दा बढी प्रगति भएको छ, अयोजना प्रमुख बरालले भने, महाभारत क्षेत्रमा पुगेपछि कडा चट्टान आए समस्या हुन सक्छ।  

निर्माणको लक्ष्य प्रगति भन्दा मासिक रुपमा पनि अगाडीनै छौ, बरालले भने, भौतिक प्रगति ९ दशमलत ७६ प्रतिशतको लक्ष्य लिएकोमा १० दशमलब ७५ प्रतिशत भौतिक प्रगति भएको छ। चुरे क्षेत्रमा कमलो प्रकारको माटो भएकाले निर्माणकार्य निकै तिब्र गतिमा भएको उनको भनाई छ। दैनिक २५ मिटरको सरदर सुरुङ निर्माण भइरहेको र आगामी दिनमा अझै तिब्र गतिमा जान सक्ने उनको भनाई छ। भौगोलिक समस्या नआएमा आगामी २० महिनाभित्र सुरुङ निर्माणको काम सम्पन्न हुने आयोजनाले जनाएको छ। टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहनेगरि ६–६ को डायमिटर निर्माण गरि सुकोसीको पानी मरिण हुदै तराईका विभिन्न जिल्लामा सिचाई सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको आयोजना प्रमुख बरालले बताए। सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित सुनकोसी नदीको पानीलाई बाध बाधी १३ दशमलब ३ किमि लामो सुरुङ मार्फत मरिण नदीमा पानी पथान्तरण गर्ने आयोजनाले जनाएको छ। आयोजना प्रमुख बरालका अनुसार सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ त्यहाँबाट ६६ दशमलब २९ को हेटेडबाट पानी झारेर ३१ दशमलब ०७  जलविद्युत उत्पादन गरिने छ।

उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नबलपुर सबस्टेशनमा जोडिने छ। आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका आयोजना प्रमुख बरालले जानकारी दिए । आर्थिक बर्ष ०७७/०७८ बाट शुरु भएको आयोजना ०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ। ‘टिबिएम राख्न हामीले प्रवेश मार्गमा ४० मिटर लामो सुरुङ खनि  टीबीएम मार्फत समेत निर्माण कार्य अगाडी बढेको छ,  २ सय ३० मिटर लामो टनेल बोरिङ मेसिन अट्ने गरी उक्त सुरुङ सहित प्लेट फर्म निर्माण गरि निर्माण कार्य अगाडी बढाइएको निर्माण कम्पनी कोभ्याकले जनाएको छ। टिबिएमले आठ/आठ घण्टाका दरले तीन सिपटमा गरी चौबिसै घण्टा सुरुङ खन्ने आयोजना प्रमुख बरालले जानकारी दिए। पाँच बर्षभित्र आयोजना निर्माण कार्य पुरा गर्ने लक्ष्य रहेको र करिब ४६ अर्ब कुल लागत रहने अनुमान गरिएको आयोजनाले जनाएको छ। आयोजनाको मुख्य उदेश्य विद्युत उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका  एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पु¥याउने रहेको छ। सुनकोसीको पानी सुरुङमाफर्त  मरिण खोला हुदै  ४४ किलोमिटर बगेर बागमती नदिमा मिसन पुग्नेछ।  हाल बागमती सिंचाई आयोजनाले आफ्नो कमाण्ड क्षेत्रमा करिब ४५ हजार छ सय हेक्टरमा सिंचाई सुविधा पुर्‍याएको र एक लाख २२ हजार हेक्टरको बाँकी जग्गामा सुनकोसीको पानीले सिंचाई सुविधा पुर्‍याउने योजना रहेको आयोजनाले जनाएको छ। सुरुङ निर्माणमा ५७ हजार प्रति सेग्मेन्ट आवश्यक पर्ने र हालसम्म झन्डै १४ हजार सेग्मेन्ट निर्माण कम्पनीले बनाई सकेको आयोजनाले जनाएको छ।  

प्रकाशित: ७ पुस २०७९ ०३:४७ बिहीबार

नेपाल सरकार सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना