६ आश्विन २०८१ आइतबार
image/svg+xml
प्रवास

टोक्योमा राजु लामाको 'मेरो नेपाल'

टोक्योको सिन्ज्युकुस्थित क्लब वार्प आईतबार नेपालमय बन्यो।कोरोनाका कारण झण्डै ३ वर्षदेखी सांगितिक माहोलमा झुम्न नपाएका टोक्यो बासी नेपालीहरू नेपालका चर्चित गायक राजु लामाका सुमधुर गितमा दिल खोलेर रमाए। 'मेरो नेपाल,मेरो देश मलाई लाग्छ प्यारो' भन्दै स्टेजमा उक्लिएका राजुलाई उपस्थित दर्शक हरूले नेपाली झण्डा हल्लाउँदै सँगै गित गाएर साथ दिए।

जापानकै पुरानो मध्येको एक सामाजिक संस्था तमुधिं जापानले टोक्यो बासी नेपालीलाई यो अवसर जुराईदिएको हो।

पोखरास्थित काहुँडाँडा निर्माणाधिन बुद्ध मण्डलको सहयोगार्थ आयोजना गरिएको '२४औं रोधी साँझ २०२२'को उद्घाटन टोक्यो स्थित नेपाली राजदुत दुर्गा बहादुर सुबेदीले पानसमा बत्ती बालेर गरेका थिए।कार्यक्रममा तमुहरूको संस्कृति झल्काउने नृत्यलाई स्थानीय कलाकारहरूले पस्किए।

कार्यक्रममा स्थानीय कलाकारका प्रस्तुति पनि उत्कृष्ट रह्यो।द मर्करी ब्याण्डका का कुमार गुरुंगले माहोललाई निकै तताए। '३ वर्षपछी यसरी सांगितिक कार्यक्रममा सहभागी हुँदा निकै रमाईलो लाग्यो,' युवा व्यवसायी विकास श्रेष्ठले भने, कोरोना युगको छिटै अन्त्य होस्।

संचारकर्मी गोकर्ण अधिकारीले राजु लामाको कन्सर्टले आफुलाई रिफ्रेस बनाएको प्रतिक्रिया दिए।

कार्यक्रममा गायक लामाले ुतिमिलाइ देखेर हिमाल हाँसेको,बादल पारीको देशबाट,मेरो नेपाल, लगायतका १ दर्जन बढि गित गाएका थिए।

आयोजक तमुधिं जापान जापानको नेपाली समुदायमा थुप्रै सामाजिक काम गर्दै आएको पुरानो र जापानमा दर्ता भएको संस्था हो।

प्रकाशित: ५ भाद्र २०७९ १८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App