१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

एनआरएनएको सुदूरपश्चिम मोबाइल ब्लड बैंकलाई अफ्रिकाका उद्योगपति रुपारेलियाले गरे साढे २ लाख सहयोग

तस्बिरः उद्योगपति डा. सुधीर रुपारेलिया।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उद्योगपति डा. सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गरेका छन्। एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाकाअनुसार उद्योगपति रुपारेलियाले मोबाइल ब्लड बैंक बस परियोजनाका लागि आर्थिक सहयोग गरेका हुन्।  

युगान्डाका उद्योगपती रुपारेलिया पूर्वी अफ्रिकाकै धनी व्यक्ति हुन् भने नेपालका तर्फबाट युगान्डाका लागि मानार्थ बाणिज्य दूत पनि हुन्। रुपारेलियाले अफ्रिकामा रहेका नेपालीलाई अप्ठ्यारो पर्दा सहयोग गर्दै आएका छन्।

एनआरएनएले सम्पुर्ण आधुनिक सुविधासहितको घुम्ती ब्लड बैंक बस रक्त संकलनमा सहयोग पुर्याउने लक्ष्य साथ यसअघि चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ। अबको दोस्रो बस सुदूरपश्चिम प्रदेशका लागि कैलाली रेडक्रस धनगढीलाई हस्तान्तरण गर्ने योजना बनाएको छ।

करिब ६१ लाख कर छुटसहित खरिद मुल्य पर्ने बसको लागि हाल एनआरएनएले आर्थिक सहयोग संकलन गरिरहेको छ। एनआरएनहरु, सहयोगी दाताहरु विशेषगरी डायस्पोरामा रहेका सुदूरपश्चिम समाजहरु यस अभियानमा क्रियाशील छन्। हालसम्म २० लाख भन्दा बढीको सहयोग प्रतिवद्धता जुटिसकेको छ भने सहयोग संकलन अभियानलाई तीव्र पारिएको बताइएको छ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App