२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
प्रवास

दाइजो नदिएको निहुँमा हत्या

जितपुर- कपिलवस्तु गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन्। 

बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँगै उनका माइतीले हत्या गरिएको दाबी गरेका हुन्। डेढ वर्षअगाडि हिसार भन्ने ठाउँमा विवाह भएको खेमकलाको यही मङ्सिर १२ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। शव फेला परेसँगै माइती पक्षले परिवारले मानसिक, शारीरिक यातना दिई हत्या गरेर झुण्ड्याइएको हुनसक्ने पत्रकारसँगको कराकानीका क्रममा जानकारी दिएको छ। 

मृतकका श्रीमान् भारतीय आर्मीमा कार्यरत रहेको बताइएको छ। दाइजो नल्याएको निहुँमा पटकपटक मानसिक यातना दिँदै आएको आरोप माइती पक्षको छ। घटनाका विषयमा बुझ्नका लागि माइती पक्षबाट बुबा र आमा भारततर्फ गएका जनाइएको छ। आफ्नो बहिनीको दाइजोकै नाममा हत्या भएकाले हत्यारालाई कारवाही गर्नुपर्ने मृतककी दिदी दीपा बिकले बताइन। रासस

प्रकाशित: १४ मंसिर २०७५ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App