१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

मलेसियामा एक नेपालीको ज्यान गयो

खोटाङ - मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो।

२०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि बिदेसिएका आचार्य बिहिबार मेसिनमा च्यापिएको अवस्थामा मृत फेला परेको सुरक्षित आप्रबासन परियोजना (सामी) को दिक्तेलस्थित सूचना केन्द्रले जनाएको छ। आचार्य बैदेसिक रोजगारीका सिलसिलामा मलेसियास्थित डियु फिडर (एम–एसडिएन–डिएचडी) कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा काम गर्न पुगेका थिए। 

आवश्यक कागजात मिलाएर मृतकको शव स्वदेश फर्काउनका लागि पहल थालिएको सूचना केन्द्रले जनाएको छ। 

 

प्रकाशित: ११ श्रावण २०७५ १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App