४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनको निर्वाचन तालिका पछि सर्‍यो, सोमबार १ बजे चुनाब

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आइतबार बन्द सत्रसँगै उम्मेदवारहरुको मनोनयन दर्ता शुरु भएको छ। निर्धारित समय भन्दा ढिला अन्तिम मतदाता नामावली प्रकाशन भएकोले उम्मेदवारको मनोनयनमा ढिला शुरु भएको हो।

भोलि दिउसो १ बजेबाट मतदान शुरु हुनेछ। मतदानको समय दिउसो एक बजेदेखि बेलुका ६ बजेसम्म तोकिएको छ।

प्रमुख निर्वाचन अधिकृत शिव रिजालका अनुसार केही डेलिगेट आउन ढिला भएकोले प्रतिनिधि पास वितरण लम्बिएको बताए। अन्तिम मतदाता नामावली ११ बजे निकाल्ने भनिएकोमा बेलुका ४ बजेमात्रै निकालिएपछि ५ बजेबाट उम्मेदवारले उम्मेदवारी दर्ता शुरु गरेका हुन्।

प्रमुख निर्वाचन अधिकृत रिजालका अनुसार राती नौ बजेसम्म मनोनयन गर्न पाइनेछ भने भोली बिहान ९.३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि दावी विरोध र उम्मेदवारको अन्तिम नामावली भोली दिउसो १२ बजे प्रकासन गरिनेछ। भोलि दिउसो १ बजेबाट मतदान शुरु हुनेछ। मतदानको समय दिउसो एक बजेदेखि बेलुका ६ बजेसम्म तोकिएको छ।

मतदाताको रुपमा सम्मेलनमा ७७ देशका एक हजार सात सय ९७ जना प्रतिनिधि सहभागी छन्। चार दिनसम्म चल्ने सम्मेनले संघको नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, क्षेत्रिय संयोजक सहसंयोजक महिला संयोजक सहितका पदाधिकारी निर्वाचनबाट चयन गर्नेछन्।
 

प्रकाशित: २९ आश्विन २०७४ १३:१० आइतबार

एनआरएनको निर्वाचन तालिका सर्‍यो सोमबार बजे चुनाब