१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

जापानमा नेपालीको पहिलो सुपरमार्केट सञ्चालनमा

टोकियो—जापानमा नेपालीको लगानीमा सुपरमार्केट सञ्चालनमा आएको छ। जापानको तेस्रो ठूलो शहर नागोयास्थित एक नेपालीले जापानमै पहिलो पटक नेपाली लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो। करिव आठ करोड येनको लगानीमा सञ्चालनमा आएको सुपरमार्केट एनआरएनए जापानका पूर्व अध्यक्ष पारसमणि पोखरेलको कम्पनी सामिका ग्रुपले संचालनमा ल्याएको हो।

ट्रेडिङ व्यवसायमा अनुभवी पोखरेलले फड्को मार्दै सुपरमार्केट सञ्चालनमा हात हालेको सामिका ग्रुपले जापानी तथा नेपाली लगायतका विदेशीहरुका लागि समेत उपयोगी घरायासी र अन्य दैनिक उपयोगी सामाग्रीहरु सुपर मार्केटमा उपलब्ध गराएको छ।

सुपरमार्केटको बीहीबार एक समारोहबीच गैरआवासीय नेपालीसंघ एनआरएनएका केन्द्रीय उपाध्यक्ष भवन भट्ट र सामिका ग्रुपका अध्यक्ष पारसमणी पोखरेलले संयुक्त रुपमा उद्‌घाटन गरेका छन्।

उदघाटन समारोहलाई सम्बोधन गर्दै एनआरएनए उपाध्यक्ष भट्टले प्रवासी नेपालीको सफलता नेपाल र नेपालीको गौरव भएको बताए। पहिलो पटक नेपालीको लगानीमा स्थापना गरिएको सुपर मार्केटको स्थापनाले नयाँ क्षेत्रमा लगानीको सम्भावना रहेको कुरालाई थप प्रष्ट पारेको धारणा राखे।

सोही अवसरमा मन्तव्य राख्दै सुपरमार्केटका संचालक तथा सामिका ग्रुपका अध्यक्ष पारसमणी पोखरेलले एक वर्ष लामो अध्ययन पश्चात सुपर मार्केटको सुरुवात गर्न सफल भएको जानकारी दिए। जापानको व्यस्त शहर मध्येको नागोया स्थित चिर्यु स्टेसन नजिकै रहेको सामिका सुपर मार्केटमा नेपाली तथा जापानी गरि २६ जनालाई प्रत्यक्ष रोजगारी दिईएको समेत अध्यक्ष पोखरेलले नागरिकलाई जानकारी दिए।

जापानको व्यस्त समयमा एकै ठाउमा सबै किसिमका सामान पाइने भएकाले टाढा टाढाका नेपालीहरू समेत लाभान्वित हुने कम्पनीको अपेक्षा छ।

उदघाटन समारोहमा जापानी लगायत नेपाली समुदायको बाक्लो सहभागिता रहेको थियो। सुपर मार्केटको ढोका खुले लगत्तै ढोकामा लाम लागेर बसेका जापानीहरुले नेपालीको लगानीको सुपर मार्केटले समयको बचतसँगै एकै स्थानमा सवै घरायासी सामान उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए।

सोही अवसरमा जापानका चर्चित कलाकार तथा नेपालका लागि जापानी पर्यटन दूत समेत रहेका स्योया सुनले व्यवसायको सफलताको कामना व्यक्त गरेका थिए।

यस्तै समारोहमा गैरआवासीय नेपालीसंघ एनआरएनएका एसीया प्यासिफिक उपसंयोजक गोविन्द श्रेष्ठ रोविन, एनआरएनए जापान तोकाई होकिरिकु क्षेत्रीय संयोजक रामु खरेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरे, गल्कोट समाज जापानका सल्लाहकार यम खत्री, गल्कोट समाज तोकाई होकिरिकु संयोजक रमेश गौतम, नेपाली जनसम्पर्क समितिका डीपी कँडेल, राजेन्द्र जम्मरकट्टेल, सगरमाथा महिला समुह अध्यक्ष राधा थापा, चितवन समाज जापानका अध्यक्ष सरोज कँडेल, युवा व्यवसायी दीपक घिमिरे, विनोद खनाल लगायत जापानमा स्थापित विभिन्न क्षेत्रका विशिष्ठ पदाधिकारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित: १४ कार्तिक २०७३ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App