१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

युएइमा नेपाली महिलाले मनाए तीज

युएई - नेपाली महिलाहरुले प्रवासी भूमिमा हरितालिका तीज बनाएका छन्। युएइमा यो पटक एक महिनादेखि तिज कार्यक्रम सुरु भएका थिए। युएइका विभिन्न भागमा रातो साडी र गर गहनामा सजिएर नेपाली महिलाले तीज मनाएका हुन्।

शुक्रबार नेपाली दिदीबहिनीहरुले बरदुबईको नेपाली पार्कलाई तीज मनाउने स्थलको रुपमा उपयोग गरे। पार्कको विभिन्न ठाउँमा बसेर प्रदेशिनुको पीडालाई गीतमार्फत प्रस्तुत गरेका थिए। नेपालबाट ल्याएका मादल, खैजरी, मजुरा बजाउँदै दाजुभाइले पनि दिदीबहिनीहरुलाई साथ दिएका थिए।

युएईको ४०/४५ डिग्री गर्मीको कुनै प्रवाह नगरी सबै नाच्न, गाउन र भेटघाटमै ब्यस्त देखिन्थे। चारै तिरको संगम स्थल भएका कारण धेरै नेपालीहरु आफ्ना आफन्तहरुलाई भेट्न बरदुबई आउने गर्दछन्। बर्षौदेखि युएईको विभिन्न स्टेटहरुमा काम गर्ने नेपालीहरु बरदुबई आउँदा नेपालमै आए जस्तो लाग्ने बताउँछन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App