नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो राजनीतिक शक्तिका रूपमा उदय हुने दाबी गरेका छन्।
आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नं ५ लाई केन्द्रित गरेर ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ।