आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तामा टिकिरहन पटक–पटक गठबन्धन फेरिरहने प्रवृत्तिलाई व्यङ्ग्य गरिएको छ।
कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चले दर्ता गरेको हो।
एनआईसी एसिया बैंकले मानववस्ती भएका दुर्गम गाउँहरुमा पनि आफ्नो शाखा विस्तार गरेको छ । राष्ट्रिय वित्तीय समावेशीकरणको उद्देश्यसहित सबै क्षेत्रमा बैंक पुर्याउने लक्ष्य रहेको उसले स्पष्ट पारेको छ ।
कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ। नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेका हुन्।