९ मंसिर २०८१ आइतबार
image/svg+xml
ब्लग

धन्न मादीले बगाएन !

ताङतिङ मेरो गाउँ

प्रकाश गुरुङ

पाइलापाइलामा चुनौती व्यर्होने मान्छे नै खारिन्छ । सफल बन्छ । जीवनमा सिधा मात्र होइन, बांगाटिंगा बाटामा पनि हिँड्नुपर्ने हुन्छ । मान्छेलाई लक्ष्यमा पुग्न घरको वातावरण, संस्कार, संस्कृति, समाज, साथी र शिक्षाले महत्वपूर्ण भूमिका खेल्छन् । हरेक अभिभावक आफ्ना सन्ततिको भविष्य चम्काउन चाहन्छन् । हाम्रो परिवारमा बेलायती सेनाका जागिरे वुबाको एउटा मात्र उद्देश्य थियो–दुःख गरेर भए पनि पढाएर सन्तानका आँखा खुलाउने  ।

त्यो समय हाम्रो ताङतिङ गाउँको विद्यालयमा कक्षा ७ सम्म पढाइ हुन्थ्यो । बुबाले मलाई बिहानबेलुका अंग्रेजी र गणितको भिन्न (बट्टे) हिसाब सिकाउनुहुन्थ्यो । कम्ती रमाइलो थिएन हाम्रो बालापन ! भने जस्तो भएन भने रोइदियो, भइगयो । पूर्ण स्वतन्त्रता थियो त्यतिबेला ।  

शुरूका केही वर्ष थोसुकों तिरको धुले कोठामा ‘कख’ पढियो । पछि हाम्रो हिमालय मिलन निमावि तेउरीखोला छेउमा सारियो । हामी पनि उतै देउरी कुनाको धुलेस्कुलमा गयौं । हामी बिहानबेलुका वनजंगलमा घाँसदाउरा गथ्र्यों । गाउँका टोलटोलमा साँझपख मादलुको घिन्ताङघिन्ताङ गुन्जिन्थ्यो । उता गौरीथर, घोताने टोल र काजीथरमा घाँटु नाच देखाइन्थ्यो । पण्डित टोल, घोताने टोल, गौरीथर र सबै टोलमा ठिटाठिटी ठेटर नाच्थे । हामी पनि बुबाका आँखा छलेर गाउँका सांस्कृतिक कार्यक्रम हेर्न जान्थ्यौं ।  

गाउँमा बिजुली थिएन । हामी पानस बालेर राति अबेरसम्म गृहकार्य गथ्र्यौ । पढ्थ्यौं । सात कक्षासम्मको पढाइ गाउँकै विद्यालयबाट सकेपछि मावि पढ्न हामी साेंधा गाउँस्थित दूधपोखरी माविमा भर्ना भयौं । कति साथीले त ७ कक्षादेखि पढाइको बिटै मारे ।    

हाम्रो दूधपोखरी विद्यालय र गाउँको दूरी नजिक थिएन । बिहान दुई घण्टा जति ओरालो र विद्यालय छुटेपछि दुई घण्टा उकालो हिँड्नु दिनचर्या थियो । त्यसमाथि बिहानबेलुका सधैं घाँसपात गर्नुपथ्र्यो ।  

कहिलेकाहीँ आमाले भुटिदिएको मकैको पोका मादीको तिरमा लुकाएर राख्थ्यौं र विद्यालयबाट फर्कंदा रमाईरमाई खान्थ्यौं । हामी प्रायः विद्यालयबाट फर्कंदा भोकभोकै हिँड्थ्यौं ।

बर्खामास विद्यालय जान निकै कठिनाइ थियो । विशेषतः हामी ताङतिङबाट सोंंधामा जाने विद्यार्थीका लागि अभिभावकसँग निगालोका चोया उठाएर मादीमा झोलुङे पुल बनाइन्थ्यो । त्यस्तो अस्थायी पुल तरेर हामी विद्यालय पुग्थ्यौं ।  

हिउँदमा जेनतेन गाउँबाटै विद्यालय जान्थ्यौं । बर्खा लागेपछि ठूलो पीर पथ्र्यो । चिप्लो गोरेटामा हिँड्नुपर्ने, त्यसमाथि खोला बढेर तर्नै गाह्रो हुन्थ्यो । वर्षायाममा हामी ताङतिङबाट चाँसु, तप्राङको पहिरो हुँदै एक फन्को लगाएर विद्यालय पुग्थ्यौं । साउने झरी, बाढी, पहिरो र बढेका खोलानालाले अत्याउँथे । त्यसैले पछि साउन र भदौ दुई महिना विद्यालयकै छात्राबासमा बसेर पढ्न थाल्यौं ।  

मादीतिरमा थियो हाम्रो विद्यालय । रातभर मादी सुसाउँदा निद्रा पर्दैनथ्यो । कोल्टे फेर्दाफेर्दै बिहान हुन्थ्यो । यद्यपि छात्राबासको बसाइ रमाइलै थियो । साथीहरू मिलेर दाउरा जम्मा गर्ने, माछा मार्न खोलामा ढडिया थाप्ने, पालैपालो खाना बनाउने, भाँडा माझ्ने, बिहानबेलुका गहिरिएर पढ्ने, समसामयिक विषयमा बहस गर्ने र खेल्ने हाम्रो दिनचर्या थियो ।  

सोंधा (तत्कालीन पार्चे गाउँ विकास समिति, हालको मादी गाउँपालिका–१) व्यापारिक तथा शैक्षिक केन्द्र थियो । दूधपोखरी माध्यमिक विद्यालयमा पढ्न ताङतिङ, सिक्लेस, पार्चे, खिलाङ, चिप्ली, तप्राङ, चाँसु, छाचोक, घ्याम्राङ, रोहीगाउँ र सेती खोला लगायत धेरै गाउँबाट विद्यार्थी आउँथे ।  

हामी पढेको विद्यालय मादी क्षेत्रको शैक्षिक धरहरा बनेको थियो । कति पवित्र नाउँ–दूधपोखरी ! हाम्रो विद्यालयलाई साँच्चिकै दूधको पोखरी बनाउन अग्रजहरूले धेरै पसिना बगाएका थिए ।  

त्यतिबेला विद्यालय समय बिहान दशदेखि दिउँसो चार बजेसम्म थियो । विद्यार्थी अध्ययनमा मन दिन्थे । सिर्जनात्मक काम गर्थे । शिक्षकहरू पनि विद्यार्थी र समुदायप्रति प्रतिबद्ध हुन्थे । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी पनि शैक्षिक विकासमा निस्वार्थ रूपमा जुट्थे ।    

मादी बगरमा विद्याको मन्दिर ठड्याउनु हुने हाम्रा अग्रज र आफ्नो जीवनको धेरै हिस्सा शिक्षाको ज्योति फैलाउनमै खर्च गर्नुहुने सबैसबैमा हार्दिक नमन !

बर्खामास विद्यालय जान निकै कठिनाइ थियो । विशेषतः हामी ताङतिङबाट सोंंधामा जाने विद्यार्थीका लागि अभिभावकसँग निगालोका चोया उठाएर मादीमा झोलुङे पुल बनाइन्थ्यो । त्यस्तो चोया र बाँसबाट बनाइएको अस्थायी पुल तरेर हामी विद्यालय पुग्थ्यौं ।  

जोखिमपूर्ण यात्रा हुन्थ्यो तर हामी अभ्यस्त थियौं । बर्खामा मादी उर्लेर आउँछ । कहिलेकाहीँ पुलमाथिसम्म पानी आउँथ्यो । त्यतिबेला पुल रोटे पिङ खेले जस्तै हुन्थ्यो ।  

ताङतिङबाट दूधपोखरीमा अध्ययन गर्ने बिद्यार्थीका बाबाआमा र गाउँका अगुवा  मिलेर भदौतिर चोया उठाएर मादीमा बाँसको झोलुङे पुल थाप्ने चलन थियो । अन्यथा चाँसुबाट घुमेर सोंधा आउँदा त एक दिन नै लाग्थ्यो ।

विसं २०४२ साल भदौ ७ गतेको कुरा, त्यस दिन बिहानैदेखि ठूलो पानी परेको थियो । हामी गाउँबाट ओरालो झरेर मादीमा पुग्दा पुलमाथि पानी बग्दै थियो । हामी जोखिम मोलेरै पुलमा लस्करै हिँड्यौं । भेल आएको थियो । भेलले पुललाई बेस्करी हल्लाउँदै थियो । जब पुलमा गयौं, तब हामी रोटेपिङ खेल्दा फनफनी घुमेजस्तै हल्लियौं । रनन्न रिंगटा लागेजस्तो भयो । हाम्रो टाउको दुख्यो । पानीले निथु्रक्कै भिज्यौं ।  

भेलले पुललाई बेस्करी हल्लाउँदै थियो । जब पुलमा गयौं, तब हामी रोटेपिङ खेल्दा फनफनी घुमेजस्तै हल्लियौं । रनन्न रिंगटा लागेजस्तो भयो । हाम्रो टाउको दुख्यो । पानीले निथु्रक्कै भिज्यौं । पुलपारि पुगेपछि हामी सबै बाँचेकामा खुशीयाली मनायौं । मनमनै भगवान्लाई धन्यवाद दियौं ।  

धन्न हामीलाई मादीले बगाएन । जोखिम मोलेर चोयाको झोलुङे पुल त¥यौं । पुलपारि पुगेपछि हामी सबै बाँचेकामा खुशीयाली मनायौं । मनमनै भगवान्लाई धन्यवाद दियौं ।  

विद्यालयमा पुग्दा अबेर भइसकेको थियो । हामीलाई देख्नेबित्तिकै हेडसर छक्क पर्नुभयो । हामीले बेलिबिस्तार लगाएपछि बल्ल टाउको हल्लाउनुभयो तर बोल्नु भएन । ‘भित्र आऊ’ भनेर टाउकाको इशाराले बोलाउनुभयो । भिजेको किताब टुलुटुलु हेर्दै भिजेकै लुगामा दिन काट्न हामीलाई निकै गाह्रो भयो ।

यसरी हामीले दूधपोखरी माविमा पढ्यौं । हामीलाई विद्यालयको औपचारिक पढाइले मात्र होइन, विद्यालयदेखि गाउँसम्मको उकालीओराली, खोलानाला, अभाव, दुखकष्ट र तत्कालीन समाजले धेरै कुरा सिकायो । सिर्जनशील बनायो । सामाजिक मूल्यमान्यता तथा समाजप्रतिको दायित्व पूरा गर्न प्रोत्साहित ग¥यो । जीवनोपयोगी सीप सिकायो । हामीले किताबका पाठ मात्र होइन, सिंगो समाज पढ्यौं । त्यसले हामीमा मनोबल बढायो । आजका बालबालिका दुःख र अभावसँग जुध्न नपर्दा विलासिता र कुलतमा फसेका छन् ।  

सोंधाको कुरा गर्दा भुल्नै नमिल्ने एक मातालाई सम्झन्छु जसलाई हामी ‘जोगिनी बूढी’ भन्थ्यौं । ती माता कहाँबाट आइन ? किन डरलाग्दो मादीतिरमा कुटी बनाएर बसिन् ? यसबारे अहिलेसम्म मलाई थाहै छैन । उनी कुटी वरपर बगैंचा बनाएर बसेकी थिइन् । विरक्तिएर शान्तिको खोजीमा त्यहाँ आएकी थिइन् कि !  

जोगिनी बूढी ज्यादै चलाख थिइन् । उनी हाम्रो विद्यालयका सबै विद्यार्थीलाई चिन्थिन् । उनलाई सबैको नाम कण्ठै थियो । उनी बेलाबेलामा हाम्रो छात्राबास र कक्षाकोठामा आएर जीवनदर्शन, मानवीय मूल्य र धर्मसंस्कृतिका विषयमा प्रवचन दिन्थिन् ।  

‘ती बूढी टुनामुना गर्छिन् । उनलाई गिज्याउनु हुँदैन । उनको बगैंचाका अम्बा र सुन्तला चोर्नु हुँदैन’ भन्थ्यौं हामी । तर, हामी अल्लारेहरू मध्यराति बिरालाको चालमा उनकै बगैंचाको अम्बा र सुन्तला चोथ्र्यौं ।  

भोलिपल्ट बिहानै माता आएर अम्बा र सुन्तला चोर्नेहरूको नाम फटाफट लिँदै गाली गर्थिन् । हामी माफी माग्थ्यौं । त्यतिबेला हाम्रा आँखाभरि आँसु छचल्किन्थ्यो ।  

समयको गति एकनासले अघि बढिरह्यो । एसएलसी गरी हामी उच्च शिक्षा पढ्न पोखरा झ¥यौं । एक्कासि ती माताको निधन भएको खबर सुन्दा ज्यादै नरमाइलो लाग्यो । उनबाट हामीले धेरै कुरा सिकेका थियौं । एक हिसाबले उनी हाम्री अघोषित गुरुआमा बनेकी थिइन् ।  

गाउँलेहरूले उनलाई त्यहीँ कुटीछेउको बगंैचामा गाडेर दाहसंस्कार गरिदिएछन् ।  

यसरी ८ देखि १० कक्षासम्म मैले दूधपोखरी माविमा पढें । सबै साथीको पढाइप्रति लगाव थियो । ३ वर्षको अध्ययनपछि एसएलसीका टेस्ट दिएर चार दिशाबाट आएका हामी आआफ्नै गाउँमा फर्कियौं र परीक्षाफलको पर्खाइमा बस्यौं ।  

तिनताका आजको जस्तो इन्टरनेट, फोन वा मोबाइल सुविधा थिएन । नतीजा हेर्न म र रुद्रजंग मामा राति सुटुक्क गाउँबाट चाँसु हुँदै सोंधा पुग्यौं । हामी आठ जना उतीर्ण भएछौं । रमाउँदै राति नै फर्कियौं ।  

त्यो रात बेसींमा सुत्यौं । राति सेती खोलापारि ५ जना ठिटा घोचा लिएर पोखरा जाँदै थिए । पछि थाहा भयो एसएलसीको टेस्टमा फेल भएका साथीहरू  प्रधानाध्यापक प्रेमप्रसाद सापकोटालाई पास गराइदेऊ भनेर थर्काउन गएका रहेछन् । 

ताङतिङको वेस क्याम्प मादी किनार सोंधाको दूधपोखरी माविमा पढ्दाको दुःख सम्झँदा आफैंलाई कथा जस्तो लाग्छ ।  

मामा रुद्रजंग त्यो वर्ष टेस्टमा फेल भए पनि मकैखोलाबाट प्राइभेट टेस्ट दिएर एसएलसी गर्नुभयो । हाल उहाँ यस धर्तीमा हुनुहुन्न ।  

पढाइमा हाम्रो गहिरो लगाव त थियो नै, नतीजाको पनि धेरै चासो हुन्थ्यो । दूधपोखरी माविबाट एसएलसी गरेपछि म पृथ्वीनारायण क्याम्पस, पोखरामा आइए पढ्न थालें ।  

समग्रमा भन्नुपर्दा दूधपोखरीमा पढ्दा पाएको दुःख, उकालीओराली यात्रा, जोखिमपूर्ण ढंगले मादी तर्नुपरेका घटना र अभावैअभावको जिन्दगीले गर्दा गाउँमै माध्यमिक कक्षा चलाउनुपर्छ भन्ने भावना ममा गडेको थियो । समयक्रममा मैले गाउँकै विद्यालयमा ज्ञान बाँड्ने मौका पाएँ ।  

जीवनको यस मोडमा उभिएर ती दिन सम्झँदा रमाइलो लाग्छ । साँच्चै दिनरात अभाव र दुःखकष्टसँग जुधेको मान्छे नै बलियो बन्दो रहेछ !  

(हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक प्रकाश गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’ को एक अंश ।)  

प्रकाशित: २ असार २०७७ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App