प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार आफ्नी पत्नी गुमाए। लामो समयदेखि रोगले थलिएकी सीता दाहालको नर्भिक अस्पतालमा निधन भयो। उनलको पार्थिव शरीरलाई केही समय पार्टी कार्यलय पेरिस डाँडा कोटेश्वरमा राखिएको थियो। देशकै प्रधानमन्त्रीको पत्नीको निधनमा विभिन्न वरिष्ठ व्यक्तित्व, राजनितिक दलका नेता कार्यकर्ता र अन्य सर्वसाधारणको भीड थियो।
भीडलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो। पार्टी कार्यलयमा उपस्थित सबैले सीता दाहालको पार्थिक शरीरमा फुलमाला चढाएर अन्तिम श्रद्धान्जली दिएका थिए।
सो क्रममा देखिएका केही दृश्यले भने हेर्ने सबैलाई बेचैन बनाएको छ। सार्वजानिक भएका केही भिडियोमा मानिस कत्ति असंवेदनशील भएछन् र मानवीयता कुन हदसम्म हराएछ भन्ने स्पष्ट देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. ताेसिमा कार्कीकाे अभिव्यक्तिले सबैकाे ध्यान खिँचेकाे छ। दाहालको मलामी गएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीको अभिव्यक्तिलाई अधिकांशले अमानवीय र अपरिपक्कताको पराकाष्ट मानेका छन्।
बुधबारकै अर्काे दृश्य पनि आलोचित बनेकाे छ त्याे हाे। संचारकर्मी कृष्ण कँडेलको एक भिडियो। कँडेल टेलिभिजनमा निकै लोकप्रिय छन्। उनको लोकदोहोरी सम्बन्धी कार्यक्रम इन्देणी गाउँदेखि शहरसम्म लोकप्रिय छ।
उनै कँडेल स्वर्गीय दाहाललाई श्रद्धान्जली दिन पार्टी कार्यालय पेरिसडाँडामा पुगेका थिए। श्रद्धान्जली दिन फुलमाला लिएर बसेकाको भीडमा उनी मोबाइल लिएर भिडियो खिच्दै पुगेका देखिन्छ।
आफूले माला चढाउने समयमा उनले हतार हतार मोबाइल अर्का सहकर्मी छत्र शाहीलाई थमाउँछन् र आफू मोबाइलमा हेर्दै माला चढाएर नमस्कार गर्छन्। उनको यस्तो हर्कत आलोचनाको पात्र त पक्कै पनि छ। तर त्यो भन्दा बढि मानवमा हराउँदै गएको मानवीयताको एउटा गतिलो उदाहरण बनेर सधैं सम्झिइने छ।
माइक र क्यामरा बोकेर जता पनि घुस्ने र बोल्न थालि हाल्ने संचारकर्मी कँडेल प्राय जसो ठाँउमा विवादमै रहन्छन्। तर हिजोको उनको यस्तो कृयाकलापले भने गर्नेलाईभन्दा हेर्नेलाई असहज बनाएको छ। मलामीमा जाँदा पनि कसले फोटो/भिडियो खिच्ने वा माला चढाएझैं गरी अभिनय गर्छ? कृष्ण कँडेललाई कस्ले सिकाउने संस्कार ? कसैको मृत्युको अन्तिम संस्कारमा गएर आफू चर्चामा आउने कँडेलको कस्तो सोख ?
सत्रुकै निधनमा पनि दुःखद् घडीमा कसैले पनि बदलाको भाव लिँदैन। सीता दाहालको अन्तिम बिदाईमा देखिएका केही दृश्यले समाजमा मानवीयता हराउँदै गएको पुष्टि हुन्छ। जीवनकै अन्तन्तै पीडादायी क्षण हुन्छ आफ्ना प्रिय मानीस गुमाउनु। त्यस्तो घडीमा पनि पीडित परिवारलाई परेको जत्तिकै पीडाको अनुभूति गर्न नसक्ने भए किन श्रद्धाञ्जलीको नाटक गर्दै अन्तिम संस्कारमा सामेल हुनु?
चर्चाकै लागि अरु पनि थुप्रै काम गर्न सकिन्छ। कृपया कसैको मृत्युलाई कारण नबनाऔं।
प्रकाशित: २८ असार २०८० ०३:४९ बिहीबार