२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

लघुकथा समाज नेपालको अध्यक्षमा गोपाल अश्क

लघुकथा समाज नेपालको वार्षिक साधारण सभाले गोपाल अश्कको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।

उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल र सचिवमा श्रीबाबु कार्की उदास चयन भएको छ।

त्यसै गरी सदस्यहरूमा सिन्धु गौतम, सुषमा मानन्धर, नवराज रिजाल,राजेश खनाल, तारा केसी र रामकुमार पण्डित चयन भएका छन्।

डा.लक्ष्मणप्रसाद गौतमको संयोजक र सदस्द्वय रामप्रसाद पन्त र अश्विनी कोइराला रहेको निर्वाचन समितिले सो घोषणा गरेको हो।

प्रकाशित: २० कार्तिक २०७९ ०५:३५ आइतबार

अक्षर