२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बजारमा रत्न प्रजापतिको ‘इन्जिनियर चरा’

साहित्यिक बजारमा कथाकार रत्न प्रजापतिको बालकथासंग्रह ‘इन्जिनियर चरा’ आएको छ।

यो पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो। संग्रहमा ‘झिंगापुर यात्रा’, ‘कमिला र माछा’, ‘बेल विवाह’, ‘इन्जिनियर चरा’, ‘स्यालले किरिया खायो’, ‘हिस्स बूढी खिस्स दाँत’ र ‘मुसाको भाइटीका’ शीर्षकका ७ वटा बालप्रिय कथा सङ्गृहीत छन्।

कथा सुहाउँदो चित्रले बालपाठकहरूमा उत्सुकता जगाउनेछ र पठनमा आकर्षित गर्नेछ। पुस्तकको शीर्षकअनुरूप यस संग्रहका कथाहरूलाई बालबालिकाले मनपराउने प्रकाशकको विश्वास छ। बालबालिकामा पठन संस्कृतिको विकास गर्न यो पुस्तकले थोरै भए पनि सघाउ पुर्‍याउने विश्वास गर्न सकिन्छ।

३२ पृष्ठे उक्त पुस्तकको मूल्य ९५ रुपैयाँ रहेको छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०४:५० बिहीबार

अक्षर