७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

चलचित्र 'हिजो आजका कुरा' को ट्रेलर सार्वजनिक

वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र 'हिजो आजका कुरा' को ट्रेलर सार्वजनिक भएको छ।  

बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। आगामी असोज २८ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका हुन्। पन्त फिल्म प्रोडक्सनको प्रश्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ।

रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गरेका हुन्। कार्यक्रममा बोल्दै अभिनेता दिव्यदेव पन्तले पहिलाकै कथावस्तुलाई अहिलेको प्रविधि सुहाउँदो गरेर चलचित्रमा उतारिएको बताए। उनले आफ्नो लागि कला देखाउने माध्यम पनि यही चलचित्र बनेको भन्दै खुशी प्रकट गरे। त्यस्तै अभिनेत्री ऋचा शर्माले आफ्ना लागि यो चलचित्रमा स्थान पाउनु खुशीको कुरा भएको बताइन्। उनले नेपाली सिनेमा चल्नको लागि बलियो कथावस्तुको आवश्यक पर्ने भन्दै, रोएर चलचित्र चलाउने ट्रेण्डले सफल नबन्ने बताइन्।

त्यस्तै वरिष्ठ कलाकार सन्तोष पन्तले हरेक दिन घरमा भोगिरहेका कुरालाई चलचित्रमा उतारिएको बताए। उनले यो चलचित्र सफल भए युवा पिढीहरु नेपालमानै बस्ने बताएका छन्। उनले चलचित्रमा समस्या मात्र नभइ समाधानलाई पनि देखाइएको बताए। त्यस्तै निर्देशक साकार पन्तले दशैँको समयमा चलचित्र प्रदर्शनीमा ल्याउनुको कारण खुलाउदै भने 'लामाे समयपछि परिवारहरुको भेटघाट हुने भएकोले यसलाई नै पायक बनाएर प्रदर्शनी गर्न लागेको हाे। अभिनेत्री रिमा विश्वकर्माले राम्रो चलचित्रमा अभिनय गर्ने रहर कलाकारहरुको लागि सधैँ रहने भन्दै धेरै कुरा सिक्नका लागि महत्वपूर्ण हुने विश्वासका साथ चलचित्र निर्माण गरेको बताइन्।

झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको 'हिजोआजका कुरा' लोकप्रिय टेलिसिरियलमा गनिन्छ। सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो। चलचित्रको पहिलो गीत ‘ए जदौ मायाजदौ’ यसअघि नै हिट भइसकेको छ। 

प्रकाशित: २२ भाद्र २०७९ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App