२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

खुल्ला कविता प्रतियोगिता चुडाँल प्रथम

जेठ २६ गतेदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी ५ दिने औद्योगिक तथा पर्यटन महोत्सवका अवसरमा आयोजित खुला कविता प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिकाका लक्ष्मी चुडाँल प्रथम भएका छन्।

प्रतियोगितामा इलामका उषा निरौला द्वितीय,सुदुरपश्चिम कञ्चनपुरका प्रशान्त लेखक तृतीय र फुङलिङस्थित लिटल बुद्ध इङलिस बोर्डिङ स्कुलका  ९ वर्षीय मिराक लिम्बू सान्त्वना भएको कविता प्रतियोगिताको संयोजन गर्ने संस्था कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार प्रतियोगी र अप्रतियोगी गरी डेढ दर्जन जति कविता वाचन गरिएका थिए। चन्द्र मादेन‘आन्छन्’, माधव पोखरेल ‘गोज्याङ्ग्रे’ र भरत गुरुङ गरी ३ सदस्यीय निर्णायकमण्डलबाट प्रतियोगी कविताको मूल्यांकन गरिएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जनाए। महासंघको आयोजनामा २६ गतेबाट जारी औद्योगिक तथा पर्यटन महोत्सव ३० गते सोमबार सकिने छ। महोत्सवमा विभिन्न कार्यक्रम जारी छन्।

प्रकाशित: २९ जेष्ठ २०७९ ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App