१७ असार २०८१ सोमबार
image/svg+xml
कला

दीपा राई पुनको कवितासङ्ग्रह सार्वजनिक

कवि दीपा राई पुनको कवितासङ्ग्रह ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’ शनिबार मण्डला थिएटरमा सार्वजनिक भएको छ। कवि तुलसी दिवस, विप्लव प्रतीक, खगेन्द्र लुइँटेल, प्रगति राई, स्रष्टा स्वयम् तथा स्रष्टाकी आमा विमला राईले पुस्तकको संयुक्त रूपमा लोकार्पण गरे।

सो अवसरमा कवि दिवसले दीपाका कविता बान्कीयुक्त रहेका र यी कविता पढ्दा आफूलाई ईर्ष्या महसुस भएको बताए। पुस्तक प्रकाशक ‘वी रिड’ की प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले आफ्नो प्रकाशन संस्था कथालयबाट बालबालिकाका लागि मात्र नभई अन्य विधाका पुस्तक पनि प्रकाशन भइरहेको जनाइन्। कार्यक्रममा स्रष्टा दीपा राई पुनले लोकार्पित पुस्तकबाट छ वटा कविता वाचन गरेकी थिइन्।

प्रकाशित: ७ जेष्ठ २०७९ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App