२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

चमेरो

कविता

इन्द्रकुमार श्रेष्ठ सरित्

 

झुन्डिन्छ कहिले यो भीरमा

हामफाल्छ कहिले त्यो भीरमा

स्थिर त्यो पटक्कै छैन

चुर्ना पो परेको छ कि उसलाई

एक ठाउँमा ऊ अडिनै सक्दैन

कहिले रातोलाई राम्रो भन्छ

कहिले सेतोलाई राम्रो भन्छ

हिजोआज त

ऊ कालोलाई राम्रो भन्न थालेको छ

मनन गरेरै यसो भनेको हो कि?

उसको बुद्धिलाई औंस्याले गिजोल्न थालेको हो?

नाटक नै नगरी ऊ नाटक गर्छ

कलाकार होइन ऊ तैपनि

रुने, कराउने, जोसिने, जोस्याउने

अभिनय ऊ निकै राम्रो गर्छ

तर दशर्कले अब थाहा पाइसके

यो ढँटवारेको वास्तविकता

यो जस्तो देखिन्छ त्यो हैन

यसले जे भन्छ त्यो सत्य हैन

तैपनि चमेरो यहाँ झुन्डिन्छ

चमेरो त्यहाँ झुन्डिन्छ

न त यो चरा न त यो पशु

भ्रमित पार्दै अरूलाई

दैनन्दिन नौलो भ्रम मञ्चन गरिरहन्छ।

प्रकाशित: २३ वैशाख २०७९ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App