२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नक्कलीको जमाना आयो,अकबरी सुन थन्किएको छ

मुक्तक

चिरञ्जीवी ढकाल

 १) मुक्तक

नक्कलीको जमाना आयो,अकवरी सुन थन्किएको छ,

इज्जत ढाकेको टालोमाथि,हरियो माखा भन्किएको छ।

जता हेर्‍यो उतै उस्तै, कतै मन बुझाउने ठाउँ छैन,

यो विनाशको चर्तिकला देख्दा, भित्र आगो दन्किएको छ।

    २) मुक्तक

काममा लागेसी एकोहोरिने,बानी छ बिचरा,

परोपकार अति गर्नुपर्ने, दानी छ बिचरा।

जीवन त समाजकै, भलाइमा अर्पित गर्‍यो,

जो भेट्यो समायो दिइहाल्यो,मायाको खानी छ।

      ३) मुक्तक

विकास निर्माणका काम,धेरै गर्नुभएको छ,

बिचरा पटकपटक जेलमा,पर्नुभएको छ।

अरू धेरै गर्छु भन्दाभन्दै,चुनाव आइहाल्यो,

भन्दै टिकटका लागि, फारम भर्नुभएको छ।

     ४) मुक्तक

एउटाले अर्काको दोष,औंलाएको छ,

कलि भएर हो कि,मान्छे बौलाएको छ।

मानसम्मान, इज्जत, सबै भस्म भए,

जता हेर्‍यो पापको झाडी,मौलाएको छ।

   ५) मुक्तक

टाढा हुँदा कुराले, फूलबुट्टा भर्छे मोरी,

साँच्चै माया गर्ने रैछ कि,जस्तै गर्छे मोरी।

भेट हुँदा के छ त नि साली भनेर सोध्यो,

काँच्चै खाउँला झैं गरेर, आँखा तर्छे मोरी।

प्रकाशित: ९ चैत्र २०७८ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App