२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

विमला निरौलाका दुई कृति लोकार्पण

भर्जिनिया,अमेरिका निवासी कवि विमला निरौलाका मुक्तक संग्रह ‘काव्य पराग’ र कविता संग्रह ‘ओथारो बसेका सपनाहरू’ को लोकार्पण सम्पन्न भयो।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा लोकार्पित दुवै कृति वरिष्ठ कवि तुलसी दिवस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका सल्लाहकार प्राडा खगेन्द्र लुइँटेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार राधेश्याम लेकाली, साहित्यकारहरू– रामकुमार पाण्डे, दामोदर पुडासैनी, डा. शान्तिमाया गिरि, अनेसासकी केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, सदस्य रेणुका थापा सोलु र अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीले सयुक्त रूपमा लोकार्पण गरेका थिए।

लोकार्पित कृतिबारे साहित्यकार दामोदर पुडासैनी र डा. शान्तिमाया गिरिले समीक्षात्मक मन्तव्य राखेका थिए। यसैगरी कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवस, प्राडा खगेन्द्र लुइँटेल, अध्यक्ष सन्ध्या पहाडी, साहित्यकारहरू–राधेश्याम लेकाली, रामकुमार पाण्डे र वरिष्ठ रंगकर्मी मदनदास श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।

यसैगरी अनेसास नेपालकी कार्यसमिति सदस्य रञ्जना निरौला, उपाध्यक्षहरू– गीता मैनाली र राजन्द्र केसीले पनि मन्तव्य राखेका थिए भने लोकार्पित कृतिबाट अनेसास पुरस्कार समितिकी सदस्य दीपा राई पुन र सुमन वर्षाले एकएक ओटा कविता वाचेका थिए।

कार्यक्रममा डा. गार्गी शर्मा, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकाल, कवि कृष्ण प्रसाई, सीता विष्ट कार्की, महेश्वर पन्त (बोस्टन), राजु सिटौला (कोलोराडो), गीता कार्की, रुकु कार्की, फणिन्द्र निरौला, मधु पाठक, विमला तुम्खेवा, रमेश दाहाल, राजेश खनाल आदिको उपस्थिति थियो।

प्रकाशित: ६ फाल्गुन २०७८ ०७:३७ शुक्रबार

अक्षर