२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सार्थक संगीत सम्मान समर्पण तथा ‘फूलमाया’ गीति संग्रह लोकार्पण

सार्थक जनसंगीत प्रतिष्ठान नेपालले सार्थक संगीत सम्मान समर्पण तथा ‘फूलमाया’ गीति संग्रह लोकार्पण सम्पन्न गरेको छ।

सार्थक जनसंगीत प्रतिष्ठान नेपालले चार दशकभन्दा लामो अवधि जनपक्षीय गीत संगीतमा निरन्तर योगदान पुर्‍याएका कलाकारलाई सार्थक संगीत सम्मान तथा सोही क्षेत्रमा एक दशकभन्दा बढी समय निरन्तर योगदान पुर्‍याएका चालीस वर्ष उमेर ननाघेका कलाकारलाई सार्थक संगीत युवा प्रतिभा सम्मान समर्पण गर्ने गरेको छ।

कोरोना महामारीको कारण गत वर्ष सम्मान कार्यक्रम रोकिएको थियो। सम्मानपत्र पच्चीस हजार नगदसहित कपिलवस्तुका रमेश अर्याललाई सार्थक संगीत सम्मानबाट सम्मान गरिएको थियो। त्यसैगरी सम्मानपत्र र पन्ध्र हजार नगद राशिसहित बागलुङका हेमराज पुन आश्रमलाई सम्मान गरिएको थियो।

श्याम तमोटका शब्द, सुरेन्द्र श्रेष्ठको संगीत तथा जीवित जल्मी, दिपेश सिंह, रुपम सिंह, सुरेन्द्र श्रेष्ठको संगीत  रहेका गीति संग्ह ‘फूलमाया’को लोकार्पण कार्यक्रममा फूलमायाको म्यूजिक भिडियो प्रदर्शन गरिएको छ।

उक्त गीति संग्रहमा बिहानी भो, मुटुभित्र, थरिथरिका फूलहरू, परदेशमा, फूलसरी दिलै खोली, सरररर तथा मुटुमा रगत बोलेका सात ओटा गीत छन्। अमृत सुनुवारले निर्देशन, छायांकन गरेको यो भिडियोमा सुरेन्द्र श्रेष्ठ, ग्रेसी शाही, सुरेन्द्र विक, जयराम वर्मा लगायतको अभिनय छ। सम्पादन माधव बेलवासेले गरेका गरेका हुन्।

त्यसैगरी कार्यक्रमका अर्को चरणमा विभिन्न लोकप्रिय गायकगायिकाको स्वरमा सार्थक गीतहरूको प्रस्तुति साथै जनताका कलाकार रामेश श्रेष्ठको शब्द र संगीत तथा लोचन भट्टराईको स्वरमा प्रकाशित  ‘झिसमिसेमै उठ्छु’ गीतको म्यूजिक भिडियो  पनि प्रदर्शन गरिएको थियो। यसको निर्देशन एवं छायांकन पुरुषोत्तम अधिकारीले गरेका थिए।

कार्यक्रम पारिजात स्मृति केन्द्र म्हेपीमा आयोजना गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष श्याम तमोटको अध्यक्षतामा रहेको उक्त कार्यक्रममा जनताको कलाकार रामेश, रायन तथा पारिजात स्मृति केन्द्रका पदाधिकारीका साथै विभिन्न सांस्कृतिक संस्थाका पदाधिकारी र संगीत कलाप्रेमीहरूको  उपस्थित रहेको थियो। उक्त  कार्यक्रमलाई सचिव उदय श्रेष्ठले सञ्चालन गरेका थिए।

प्रकाशित: ५ पुस २०७८ ०७:२७ सोमबार

अक्षर