विष्णु उप्रेती
मज्जाले सेलरोटी पकाउदै गर्दा,कजिनी आमैले बुढालाई बोलाइन्, ‘ए काजी बा, यहाँ सुन्नु त!’
–अँ सुन्दैछु। भन् के हो?
त्यो तल्लाघरे जुठेलाई एकछिन बोलाउनु न। बिचरा दुई बुढाबुढी मात्रै छन्। तिनीहरूलाई दिने को छ र ! दुईचार वटा ताता रोटी खान्थे।
कजिनीको कुरा काजीलाई ठिकै लाग्यो र आगनको डिलमा गएर कराए,– जुठे, ए जुठे, जुठे।
–है काजी बा, किन पो बोलाउनुभयो?
–ए...एकछिन यहाँ आइज त। कजिनीले बोलाएको छ।
–हस् , हस् म आइहाले है।
एकैछिनमा जुठे आँगनमा देखापर्यो।
ए जुठे, तँ आइपुगिस्। म यहाँ सेलरोटी पकाउदै थिएँ। झट्ट तँलाई सम्झें। तेरो पो आफ्नो को छ र! लु खा भन्ने, खुब माया लाग्छ तेरो। बालकदेखि हाम्रै काखमा हुर्किस्।
बन्चरो जुठेलाई समाउन दिँदै कजिनी आमैले भनिन्, ‘हेर्न केटा रोटी पकाउँदापकाउँदै दाउरा सकियो। यसो २/४ वटा टुक्रा चोइट्याइदेन अनि म तिमीहरू दुवैलाई टन्न रोटी ख्वाउछु।
–हस्, जुठेले मुख मिठ्याउदै बन्चरो समात्यो।
हेर्दाहेर्दै आँगनमा दाउराको खात लाग्यो। काजिनी आमैले पाँचवटा तँ खानु चारवटा बुढीलाई दिनु भन्दै विचित्रको माया देखाए नौवटा रोटीको पोको,जेठेका हातमा दिइन्।
प्रकाशित: ३ पुस २०७८ ०५:१२ शनिबार