१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

जीवन भन्नु दुःख सुख,आउँछ अघिपछि

गीत

केदार श्रेष्ठ गगन

जीवन भन्नु दुःखसुख,आउँछ अघिपछि

सहज हुन्छ जिउनलाई, यति बुझेपछि।

धनै धनले पुरिदा नि, हुन्छन् कोही दुःखी,

अभावमा बाँच्दा पनि, हुन्छन् कोही खुसी।

धनी–गरिब मर्नै पर्छ, आखिर जन्मेपछि,

सहज हुन्छ जिउनलाई, यति बुझेपछि।

सबै भन्छन् नआत्तिनु, दुःख आउँछ जान्छ,

प्यास मेट्न पक्कै पाउँछ,जसले खोली धाउँछ।

खुसी लिई सुख आउँछ, पर्खी बसेपछि,

सहज हुन्छ जिउनलाई, यति बुझेपछि।

प्रकाशित: ९ मंसिर २०७८ ०५:०२ बिहीबार

अक्षर