६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

राप्रपा अध्यक्ष थापाको ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ नामक पुस्तक सार्वजनिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लेखेको ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ नामक पुस्तक सार्वजनिक भएको छ। अध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अर्थात् अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा पुस्तक लेखेका हुन्।

पुस्तक बिहीबार एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले विमोचन गरे। स्व.छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गरिएको पुस्तकमा लेखक थापाले तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेका छन्।

अध्यक्ष थापाले आफ्ना पिताको जीवनकालमा घटेका घटनाको बारेमा लेखेका हुन्। पुस्तकमा स्व. छत्रबहादुर थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनसमशेर र राजा महेन्द्रसँगको समीप्य तथा पञ्चायत कालका अनुभवहरु छन्।

प्रकाशित: २८ श्रावण २०७८ १४:१८ बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी