एनवी दाहाल नवीन
जीवनभित्र पनि एउटा जीवन
छटपटिरहेको छ। दुखिरहेको छ।
कहिले ढाड दुख्छ ।
कहिले टाउको अनि खुट्टाहरू पनि
कति दुख्न सकेको यो जीवन
यो जीवन किन सोचेको जस्तो नभएको
अस्पतालको शय्यामाथि पीडासंग
खेलिरहेको छ।
अर्थहीन जञ्जालमा
दुखिरहेको छ।
दुखाइ र अनुभूति पनि कति
गाह्रो छ भोगाइभित्रको अनुभूति
निस्वार्थ छ तथापि दुखाइको
अनुभूतिको प्रशस्त छ।
अनुभूतिलाई पन्छाउन खोज्दा
जीवन पनि पन्छिन खोज्छ।
जीवनविनाको अनुभूति के अनुभूति ?
मृत्यु शय्याबाट टाढा हुनलाई
स्लाइन, डाक्टर नर्सको हेरचाह
परिवेशमा दुखाइसंगै अनुभूतिको
सिमानाभित्र कुदिहिँड्छ भावभाबना
सम्झाएर फर्काउन खोज्छु मान्दै मान्दैन
अनुभूति, दुखाइ र जीवन
यसरी क्रमागत हुन खोज्छ्न।
केही गर्दा पनि मिल्न सक्तैन
धेरै वर्षको अन्तरालमा केही हुन सक्ला
हुन सक्छ तर केही हुन सकेको छैन।
बेड फेर्न र कोठा फेर्न नर्स र डाक्टरहरूको
बोलीको अनि कृयाकलापलाई अनुसरण गर्दा
जीवन दुखाइ र अनुुभूति नै हुनपुग्छ ।
जीवन दुखाइ र अनुभुति नै हुन पुग्छ।
– कमल गाउँपालिका –२, दाहाल गाउँ, झापा।
प्रकाशित: २५ श्रावण २०७८ ०४:२९ सोमबार