नन्दलाल आचार्य
– मलाई एक कार्टुन बियर चाहियो।
– मन ठूलो भकै हो ?
– सानो कत्ति बनाउनु ! ठूलो नबनाई कसैले नगन्ने परे अनि के गर्ने त?
– बाहुनी भएर इज्जत फाल्ने काम नगर।
– सरकारले उत्पादन र बिक्रीवितरण गर्न छुट दिएको वस्तु खाँदा पनि इज्जत जान्छ भनेर भ्रमको खेती नगर्नुहोस्।
– रक्सीले बाहुनको जात जान्छ भनेको।
– बाहुनले भाँतीभाँती काम गर्दा नजाने र बाहुनीले घरभित्र पसेर मात्ने झोल पिएर सुत्दा चैँ जाने यो जात भन्ने जन्तु आफ्नै गोजीमा राख्नुस् । नदेखाउनुस्।
–हामी पतिपत्नी बिच किन आज अनर्गल बातचित भइरहेको छ ?
–अरूको फर्माइस तुरुन्तै पूरा हुन्छ। मेरो चैँ पूरा होला नहोला भनेर जाँचेको !
– महँगो केक, कपडा, कोरोनाकालमा पनि समेत पार्टी र नानाभाँती?
– कहिलेको कुरा गरेकी ?
– कान्छी छोरीको बर्थडेको।
प्रकाशित: ९ श्रावण २०७८ ०१:०२ शनिबार