सीता शर्मा
१)
भोजमा हैन प्रिया
तिमी मलामी आउनू
मिल्नेछन् ती जवाफहरू ।
२)
झरिसकेछ बैँस
रहरहरू नफुल्दै
यो मन कोरा कागज भो।
३)
आहत छ तन यो
मौनताको हल्ला ठूलो
शीत लहर हृदयमा।
४)
अतीत आँखा भरी
बल्झिदिन्छन् यादहरू
सम्हाल्न आउ ज्वारभाट।
५)
मन गुलाब रोज्छ
दिमाग निजत्व खोज्छ
रहर पारिजात बन्ने।
प्रकाशित: १३ असार २०७८ ०६:४९ आइतबार