१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

मृत्यु उत्सव

लघुकथा

 विनोद नेपाल

 

एकदम खुसीयाली। सबैका मुहार उज्यालो। सबै विजयी भावमा, प्रफुल्ल।

अचानक पुगेको ऊ छक्क परयो।

‘हैन सबै एकदमै प्रसन्न हुनुहुन्छ त, के भो हँ, केको खुसीयाली हो ? खुसखबरी सुनाउनुस् न’ उसले भन्यो।

यत्तिकैमा एउटाले लड्डू सहितको किस्ती अघि सार्दै भन्यो, ‘ल मुख मीठो गर्नुस् ।’

ऊ झनै आश्चर्यमा परयो।

‘थाहा पाउनुभएको छैन कि क्या हो अझैसम्म ?’  

‘अहँ, केही थाहा छैन।’

‘ठेगान लाग्यो नि ।’  

उसले अझै कुरा बुझेन। ट्वाल्ल परेर हेरिरह्यो र प्रस्ट हुन खोज्यो।

‘साँच्चै थाहा पाउनुभएको छैन कि क्या हो!

‘अहँ साँच्चिकै केही थाहा छैन। यो माहोल हेर्दा त केही राम्रो नै भएको हुनुपर्छ।’

‘ए, सुत्नु पो भएछ ।’

‘राति बसियो। राति नै सकियो नि त ?’  

ऊ झनै अचम्भित भयो । सोध्यो ‘हैन, के भयो ?’  

‘गयो नि त।’    

‘अब त जत्ति कोसिस गरे पनि बिउँझिदैन ।’  

‘ए, त्यसैको खुसियाली पो ?’

उनीहरू हलल्ल हाँसे।

प्रकाशित: ८ जेष्ठ २०७८ ०८:०९ शनिबार

अक्षर