२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

आखिर सबै मान्छे नै हुन् घृणा गर्ने किन

मुक्तक

१) समुन्द्रको छालजस्तै छल्कियो जिन्दगी,

   चोटिलो पीडाहरूमा अल्झियो जिन्दगी ।

  कहिलेकाहीँ लाग्छ बगिदिऊँ कि छालसँगै,

  दैवले पनि मलाई यो कस्तो दियो जिन्दगी ।

 

 २) आखिर सबै मान्छे नै हुन् घृणा गर्ने किन,

    क्षेत्री, बाहुन,वैश्य,शुद्र यहाँ हुनुपर्ने किन ।

    पानी छोएको नचल्ने यो कस्तो विभेद हो,

    आरोप सहँदै दलितहरू अझै मर्ने किन ।

 

३) हरेक अंगअंगको समर्थन हुने गर्छ,

   दया,माया सम्हाली राख्ने मन हुने गर्छ ।

   जबसम्म रहन्छ शरीर जीवित तबसम्म,

   हरसासमा धड्किने धड्कन हुने गर्छ ।

 

४)  न हुन्छ सामुन्ने न हुन्छ छाया अचम्म लाग्छ,

   न देखिन्छ हेर्दा नै दायाबाया अचम्म लाग्छ ।

   जबसम्म हामी बाँचिरहेका हुन्छौ तबसम्म,

   आभाष हुने यो कस्तो माया अचम्म लाग्छ ।

प्रकाशित: ५ चैत्र २०७७ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App