अथक गरियो प्रयास , तर्न सक्छु कि आफै ,
अप्ठेरोमा पर्दा मिलाई , झर्न सक्छु कि आफै ।
नअट्काउ मलाई , कोसिस गरी बढ्नु छ ,
राम्रो – नराम्रो प्रचार नै , गर्न सक्छु कि आफै।
चाहेर यहाँ पाइएन , भए नि म निराश ,
मायाको बीउ मैले , छर्न सक्छु कि आफै।
आकाशे फल हेरी , फाइदा हुँदैन हाम्लाई,
अर्काले गरेको कुकर्म , भर्न सक्छु कि आफै।
निराश भए सुने देखि , हतासै भइयो झनै
नाकामी भई बाँच्नुभन्दा, मर्न सक्छु कि आफै ।
प्रकाशित: १४ फाल्गुन २०७७ ०८:२७ शुक्रबार