२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुँदै

पोखरा थिएटर

झण्डै दश महिनापछि पोखरा थिएटर खुला गरिएको छ । थिएटर खुला गरिएपनि नाटक भने मञ्चन भएको छैन्, गरिएको छैन् । पोखरा थिएटरले नाटकलाई फेरी व्युझाउँने प्रयासमा छ । दर्शकलाई आवश्यक भौतिक दुरी, अनिवार्य मास्क, सेनिटाईजरका व्यवस्थासँगै नाट्य प्रस्तुती एक घण्टा भन्दा लामो नहुने गरी प्रदर्शन गरिने योजना पोखरा थिएटरले बनाएको छ ।  

थिएटरले गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गर्ने तयारी गरेको छ । बुधबारदेखि नाटक महोत्सवको लागि विद्यालयहरुसँग आवदेन माग गरिसकेको महोत्सवका प्रबन्धक रमेशबावु तिमिल्सिनाले जानकारी दिए ।  

विद्यालयबाट प्राप्त भएका नाटकलाई भर्चुअलबाट प्रदर्शन गरिने छ । उत्कृष्ट नाटकलाई पुरस्कृत गरिने छ । नाटकको विषय बस्तु विद्यालयसँग सम्बन्धीत समाजमा व्याप्त भएका अराजकता र एवं कुरितीलाई समेट्ने सकिने उनको भनाई थियो । नाटकमा दशजोड दुई अध्ययनरत विद्यार्थीसम्मले सहभागिता जनाउन पाउनेछन् । विषय बस्तुले जातिय, धार्मिक तथा साँस्कृति खलल पु¥याउने तथा कसैप्रति आक्षेप र लान्छना लगाउने विषय बस्तुलाई समेट्ने पाईने छैन् । त्यस्ता विषय बस्तुका नाटक अयोग्य घोषित हुने छन् ।  

आवदेन मागिएको नाटक बढीमा १० देखि १५ मिनेटको हुनुपर्ने प्रावधान छ । एकल प्रस्तुती हुनुपर्ने उल्लेख छ । नाटकलाई भिडियो मार्फत पोखरा थिएटरमा पठाउनुपर्ने छ । भिडियो स्पष्ट र गुणस्तरीय हुनुपर्ने समेत जनाइएको छ । नाटक लेखन, निर्देशन आवश्यकता अनुरुप विद्यार्थी स्वयं वा अन्य व्यक्तिहरुले पनि गर्न सक्ने व्यवस्था छ । नाटकको भिडियोको साथमा अनविार्य विद्यालयको स्वीकृति पत्र पनि समावेश गर्नुपर्ने उल्लेख छ ।  

उत्कृष्ट चार नाटकलाई पुरस्कर गरिने पोखरा थिएटरका कलाकार समेत रहेका प्रबन्धक तिमिल्सिनाले बताए । प्रथम पुरस्कार ५० हजार, दोस्रोलाई २५ हजार, तेस्रोलाई १२ हजार ५ सय रुपैयाँ र सान्त्वना पुरस्कार स्वरुप ५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट नाटकलाई आगामी फागुन २ गते प्रदर्शन गरिने छ ।  युट्युबमा समेत राखिने व्यवस्था पोखरा थिएटरले गरेको छ ।  

नाटक यही माग २८ गतेभित्रमा दिईसक्नुपर्ने छ । नाटकलाई चार जना निर्णायकले मूल्यांकन गरेर उत्कृष्ट छनोट गरिने छ । रंगकर्मी प्रकाश घिमिरे, कलाकार एवं निर्देशक माओत्से गुरुङ, प्रमिला तुलाचन र महोत्सव निर्देशक परिवर्तन कार्कीको टोलीले नाटक मूल्यांकन गरी उत्कृष्ट छनोट गर्ने छन् । पोखरा थिएटरले गतवर्षदेखि विद्यालयस्तरीय नाटक महोत्सव आयोजना गर्दै आएको छ ।  

 

प्रकाशित: ७ माघ २०७७ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App