५ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

कोरोना संक्रमणबाट मुक्त भए मनोज गजुरेल

हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत कलाकार गजुरेलले आफू निको भएको जानकारी गराएका हुन्।  

‘धन्यवाद तथा आभार। ११ दिनको अस्पताल बसाइपश्चात् घर फर्किएर आराम गरिरहेको छु,’ कलाकार गजुरेलले ट्विटरमा लेखेका छन्, ‘कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्। केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु।’  

प्रकाशित: ३० कार्तिक २०७७ ०३:१३ आइतबार

मनोज गजुरेल