११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

आकारको घाउ

नयाँ किताब

सचित्र किताब प्रालिले तयार पारेको किताबको नाउँ हो ‘आकारको घाउ’ । यो चित्रकथाको किताब हो । यसलाई रत्न प्रजापतिले लेख्नुभएको हो भने चित्र कोर्नुभएको छ समित श्रेष्ठले ।

‘आकारको घाउ’ मा स्कुल पढ्ने बालक आकारको कथा छ । आकार कथाको मुख्य पात्र हो । आकारका कोही साथी छैनन् । उसको साथी मोबाइल हो । ल्यापटप हो । ट्याबलेट हो । उसलाई मोबाइल, ल्यापटप र ट्याबेलटसँग खेल्न एकदम मनपर्छ । यसरी खेल्दाखेल्दा उसको आँखा कमजोर हुन्छ । मोबाइल, ल्यापटप र ट्याबललेटसँग खेल्दा मजा आए पनि आकारको पढाइ भने बिगँ्रदै जान्छ । उसका साथीहरू टाढाटाढा हुन्छन् । यसले गर्दा उसलाई धेरैले मन पराउँदैनन् ।

एकदिन कक्षामा सरले कसको साथी को भनी सोध्नुहुन्छ । आकारले चाहिँ आफ्नो साथी मोबाइल हो भन्छ । उसको मान्छे साथी हुँदैनन् । उसको कुरा सुनेर कक्षाका अरू साथीहरू हाँस्छन् ।

कक्षामा सबैका धेरै साथी छन् । साथीसँग खेल्छन् । तर आकारका भने कोही नजिकका साथी छैनन् । त्यसैले ऊ साथीहरूसँग खेल्दै खेल्दैन । एकदिन स्कुलबाट फर्कंदै गर्दा बाँदरले आकारको झोला तान्छ । आकारले पनि तान्छ । झोला तानातान हुँदा आकार लड्छ र कुहिनामा घाउ लाग्छ । तर उसलाई सहयोग गर्न उसको मोबाइल, ल्यापटप र ट्याबलेट कोही आउँदैनन् । बरु उसँगै पढ्ने कक्षाका साथीहरू आएर सहयोग गर्छन् । त्यसपछि बल्ल उसलाई चेत आउँछ । अनि ऊ सुध्रिन्छ । मोबाइल, ल्यापटप र ट्याबलेट छोडेर साथीहरूसँग खेल्न थाल्छ ।

कथा रमाइलो छ । ज्ञानवद्र्धक छ । सन्देशमूलक पनि छ । विशेषगरी मोबाइल, ल्यापटप, ट्याबलेट आदिले बालबालिकालाई कसरी साथीविहीन बनाउँछ भन्ने सन्देश कथाले दिन्छ । कथामा चित्र र शब्दको संयोजन राम्रोसँग भएको छ । किताबको डिजाइन पनि आकर्षक छ । बालबालिकाहरूलाई पक्कै मन पर्नेछ । किताबको छपाइ अन्तर्राष्ट्रियस्तरको छ । बालबालिकाका लागि जस्तो किताब आवश्यक छ, त्यस्तै किताब तयार गर्ने प्रयास सचित्र किताबले गरेको देखिन्छ । किताबको आवरणले बालबालिकाको मनमा कौतुहल जगाउँछ ।

यो चित्रकथाको किताब पाँच वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा दुई वा त्यसभन्दा माथिका बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको छ ।  

प्रकाशित: २८ श्रावण २०७७ ०६:४९ बुधबार

जुनकिरी