सुगौली सन्धि नमाने, हामीले पनि मान्दैनौं,
काँगडा टिस्टा सिमाना, बाहेक अरु जान्दैनौं ।
पुर्खाको रगत जहाँसम्म, बग्यो त्यो हाम्रो माटो हो,
इलाहाबाद अलिगन्ज, दक्षिणी सीमा बाटो हो ।
भूगोल नाप होइन, ठूलो र सानो हुनुको,
नबिर्स फल के हुन्छ, गोर्खाली आगो छुनुको ।
दुई–चार मान्छे पाल्दैमा, बन्दैन दास नेपाल,
छिमेकी पिर्न छोडेर, पतन आफ्नो सम्हाल ।
प्रकाशित: १७ जेष्ठ २०७७ ०७:१७ शनिबार