हिरण्यकुमारी पाठक
म अदृश्य शक्ति हुँ
प्रत्यक्ष र अप्रत्यक्ष रूपमा
मानवताको विरोधमा
दुश्मनहरुलाई
सडक–सडकका
कुना–काप्चाहरुमा
अदृश्य भई आइरहेछु
कटु मन लिई
हात नमिलाऊ
हृदयमा प्रतिशोधको ज्वाला लिएर
अंकमाल नगर
अन्याय र असत्यको भुमरीमा
मानवताको पाठ नदोहो¥याऊ
यूद्धभुमिको योद्धा हुँ म
अत्याचारको विरोधमा
गाउँगाउँमा आउँदैछु
त्यसैले त्यसैले
यो बेला शंखनाद गर्दै छु
बन्दी बनेर घरैमा बसेर
आत्मा र मनलाई स्वच्छबनाऊ
सदाचारको विचार राख
हात धोइधोई
मनका कुभावनालाई पखाल
अनि अनि
म अदृश्य शक्ति
आफैँ बिलाउनेछु
शान्तिको दियो बाल्दै जानेछु
प्रकाशित: ३ जेष्ठ २०७७ ०९:३५ शनिबार