काठमाडौं – यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कार गायिका मीना पोखरेल निरौला र आशिष अविरललाई प्रदान गरिएको छ। राष्ट्रिय युवा परिषदले आयोजना गरेको कार्यक्रममा उनीहरूलाई नेपाली संगीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही २५ हजार रुपैयाँ र स्वर्ण पदकसहितले पुरस्कृत गरिएको थियो।
विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा सो कोषको स्थापना गरेको थियो। गायिका निरौलाले ‘काले दाइ’ र ‘ठमेल बजार’ तथा संगीतकार अविरलले ‘सालको पात’ र ‘लालुमाई’ जस्ता गीतका गाएका छन्। त्यस्तै अरनिको युवा कला पुरस्कार विजय महर्जन र सविता डंगोललाई प्रदान गरिएको छ। चित्र र मूर्तिकलाका फाँटमा सक्रिय रही निरन्तर रूपमा योगदान दिएको भन्दै युवाकलाकारद्वय महर्जन र डंगोललाई जनही २५ हजार रुपैयाँ र स्वर्ण पदकसहितको पुरस्कार प्रदान गरिएको थियो।
प्रकाशित: ६ पुस २०७६ ०४:०४ आइतबार