१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

अमिताभको फिल्मलाई चोरीको आरोप

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनको फिल्मलाई चोरीको आरोप लागेको छ। उनी अभिनित ‘झुन्ड’ फिल्म युनिटलाई कपिराईट उल्लघंनको आरोप लगाउँदै एक फिल्ममेकरले कानुनी पत्र पठाएका छन्। स्वतन्त्र फिल्ममेकर कुमारले ‘झुन्ड’ फिल्मका निर्देशक र निर्माता नागराज मञ्जुले, कृशन कुमार, टिसिरिजका प्रमुख भुषण कुमार र अभिनेता अमिताभ बच्चनलाई कानुनी पत्र पठाएका थिए। उनले सन् २०१७ मा भारतीय कप्तान अखिलेश पावलको जीवनमा आधारित फिल्म बनाउन स्क्रिप्ट दर्ता समेत गरेको उल्लेख गरेका छन्। सो फिल्मको स्क्रिप्ट र कथा फिल्म लेखक संघमा दर्ता भएको दाबी उनले गरेका थिए।

फिल्ममेकर कुमार नागपुरको बस्तीमा जन्मेका र लागूपदार्थको लतमा फसेका सुकुम्बासी खेलाडी अखिलेशको जीवनमा आधारित बहुभाषी फिल्म निर्देशन गर्ने योजनामा थिए। फुटबलका कारण लागि उनको जीवनमा आएका परिवर्तनले घरविहिन उनले विश्वकपको नेतृत्व गरेको कथा फिल्ममेकर कुमारले तयार गरेका थिए।

उनले सन् २०१८ मा तेलंगाना फिल्म लेखक एसोसिएसनमा कथा र स्क्रिप्ट दर्ता गरेको दाबी गरेका थिए। मराठी फिल्म ‘सैराट’ का निर्देशक नागराज मञ्जुलेले भारतीय कप्तान अखिलेशका प्रशिक्षक विजय बरसेको जीवनमा फिल्म बनाउने अधिकार किनेका थिए। उनको फिल्म ‘झुन्ड’ मा पनि अखिलेश पात्र मूख्य भूमिकामा पर्ने भएकाले कपिराईट उल्लंघन गरेको आरोपमा लागेको हो।

उनका अनुसार नागराज मञ्जुले अखिलेश पावलबाट चार लाख भारतीय रूपैयाँमा अधिकार किनेको दाबी गरेपनि सम्बन्धित कागजात देखाउन हिचकिचाएका थिए। ‘अखिलेशले समेत उनको अधिकार बेचेको कुरा अस्वीकार गरेका थिए। निर्देशक नागराजले मलाई सम्बन्धित कागजात नदेखाई अपमान गरे,’ फिल्ममेकर कुमारले भने।

‘झुन्ड’ फिल्म निर्माताले गत वर्ष अखिलेशको कपिराईट आफूहरुसँग भएको दाबी गर्दै फिल्ममेकर कुमारलाई धम्काएका थिए। ‘मैले फिल्मका निर्देशक नागराज र अभिनेता अमिताभलाई इमेल पठाएको थिए। तर, कुनै जवाफ आएन्,’ उनले भने। उनले भारत चलचित्र निर्माता संघ, तेलंगना सिनेमा लेखक संघ र फिल्म प्रमाणीकरण केन्द्रीय बोर्डलाई अभिनेता अमिताभको सो फिल्मलाई सेन्सर प्रमाणपत्र नदिन आग्रह गरेका छन्।

 

प्रकाशित: २ मंसिर २०७६ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App