१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

अभिभावकको रोजाई सुशील केटा

मुम्बई – अभिनेत्री सोनाक्षी सिन्हाले बलिउड फिल्म क्षेत्रमा सुशील केटाको अभाव रहेको बताएकी छिन्। उनका अभिभावकको रोजाई सुशील केटा भएपनि बलिउडमा कोहीपनि नभेटिएका गुनासो उनले गरिन्।

‘मेरो अभिभावकहरू मैले सुशील केटासँग प्रेम गरेको हेर्न चाहन्छन्। तर, बलिउडमा मैले कोही सुशील केटा भेटेको छैन्,’ उनी भन्छिन्। बलिउडमा झण्डै ९ वर्ष बिताइसकेकी उनको नाम कसैसँग जोडिएको छैन्। प्रेमको विषयलाई लिएर उनी विवादमा परेकी छैनन्।

अभिनेता तथा राजनैतिज्ञ शत्रुधन सिन्हा र पुनम सिन्हाकी छोरी उनले कुनै समय बलिउड क्षेत्रका एक सेलिब्रेटीसँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छन्। सो प्रेम सम्बन्धबारे कसैलाई पनि थाहा नभएको प्रतिक्रिया दिएकी छन्। अभिभावकहरू सुशील केटासँग प्रेम सम्बन्ध होस भन्नेबारे उनी भन्छिन्,‘ विगतमा बलिउडका एक सेलिब्रेटीसँग प्रेम सम्बन्ध भएको थियो। तर, यसबारे कसैले सुइँकोसम्म पाएन।’

केही समयअघि उनी सोहेल खानका साला बन्टी सजदेहसँग प्रेम सम्बन्धमा रहेको र उनीहरुको विवाहको चर्चा समेत चलेको थियो। उनले यो कुरा अस्वीकार गरेकी छन्। उनी आफूले सम्बन्ध गोप्य राख्न रुचाउँछिन्। ‘जब म विवाहको फैसला गर्छु तब यो कुरा सार्वजनिक गर्छु’, उनी भनिन्।

 

प्रकाशित: ५ श्रावण २०७६ ०५:२१ आइतबार

सोनाक्षी_सिन्हा अभिनेत्री अभिभावक बलिउड